काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।


