१२ कात्तिक, काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार सडक उपभोग दस्तुर लिने जनाएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत शुल्क लिने व्यवस्था गरिएको हो।
आयोजनाका अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणले भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार निर्धारित शुल्क तिरेर यात्रा गर्नुपर्नेछ।
सवारीसाधनअनुसार शुल्कदर
वर्ग १ (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा हलुका सवारी): प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ।
वर्ग २ (मिनी बस, मिनी टिपर/ट्रक): प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ।
वर्ग ३ (बस तथा ट्रक): प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ।
वर्ग ४ (मल्टी एक्सल ट्रक तथा भारी उपकरण): प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ।
कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क लागू हुँदै
कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क लागू हुँदै
तपाईको प्रतिक्रिया



