काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित घिउ दुबई निर्यात सुरु भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।
पहिलो पटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबईमा घिउ निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दुबईमा रहेका बिक्रेताले परीक्षणको रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलो पटक जहाजमा पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।


