काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ जना पुरुष र नौ हजार ९६९ जना महिला छन् । उनीहरूले २०८३ साउन १ गतेदेखि ३१ गतेसम्मको अवधिमा ११४ देशमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका हुन् ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका थिए । २०८२ साउनमा नौ हजार १६२ महिला र ५८ हजार ९४८ जना पुरुषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
२०८३ साउनमा वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी श्रम स्वीकृति क्रमशः युनाइटेड अरब इमिरेट्स ९यूएई०, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, रोमानिया, जापान, ओमान, पोर्चुगल र टर्की जान लिएको विभागको तथ्यांकले देखाउँछ ।


