काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा कायम भएको छ।
युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्डको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ०३ पैसा र क्यानेडियन डलरको १०६ रुपैयाँ ६४ पैसा कायम भएको छ।
त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ ३० पैसा, कतारी रियालको ४१ रुपैयाँ ५० पैसा र यूएई दिरामको ४१ रुपैयाँ १९ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने उल्लेख गरेको छ।


