• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

राजनीतिबाट नीतिसम्म : उद्योग, श्रम र उपभोक्ता हितमा रहबर अन्सारीको नयाँ मोडल


  •   आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बनेपछि रहबर अन्सारी अहिले संसदीय राजनीति, नीतिगत बहस र राज्य संयन्त्रबीच आफूलाई स्थापित गर्ने प्रयासमा छन् । चुनाव जितेको केही महिनामै संसदीय समितिको नेतृत्वमा पुगेका अन्सारीले आफ्नो राजनीतिक यात्रालाई ‘तीव्र गतिमा अघि बढिरहेको प्रक्रिया’का रूपमा व्याख्या गरेका छन् ।

    Advertisement

    उनले चुनावी राजनीति, संसदीय अभ्यास, दलगत समन्वय, नीतिगत हस्तक्षेप, उद्योग–व्यवसाय, श्रम, उपभोक्ता हित र राज्य संयन्त्रको कार्यशैलीसम्मका विषयमा खुला धारणा राखेका छन् । उनले चुनावी यात्रादेखि संसदीय भूमिकासम्मको अनुभव, समितिको प्रारम्भिक काम, उद्योग–वाणिज्य–श्रम–उपभोक्ता क्षेत्रका चुनौती, बन्द उद्योगहरूको भविष्य, नीतिगत कमजोरी, राजनीतिक समन्वय, उद्योगी–व्यवसायीप्रतिको दृष्टिकोण तथा संसदीय समितिको कार्यशैलीमा ल्याउन खोजिएको नयाँ अभ्यासबारे विस्तृत धारणा राखे ।

    उनका अनुसार चुनाव ‘एकदमै डाइनामिक यात्रा’ हो, जहाँ उम्मेदवारको सम्पूर्ण ध्यान जनतामाझ पुग्ने र मत आफ्नो पक्षमा पार्नेमा केन्द्रित हुन्छ । तर निर्वाचन सकिएपछि सांसदको भूमिका फरक हुने उनको भनाइ छ । ‘शपथ ग्रहणपछि हामी विधायिकाको भूमिकामा आयौँ । पहिलो अधिवेशन चल्यो । त्यसबीच धेरै माननीय सदस्यहरूसँग चिनजान गर्ने मौका भयो। पार्टीको विचार, सिद्धान्त र आगामी पाँच वर्षको दृष्टिकोण बुझ्ने अवसर मिल्यो । त्यसैबीच समितिको सभापतिको जिम्मेवारी आयो,’ उनले भने।

    उनले आफ्नो व्यक्तिगत र राजनीतिक विकाससँगै अघि बढेको उल्लेख गर्दै त्यसलाई राज्यको समग्र विकाससँग जोड्न पाएको अवसरका रूपमा लिएको बताए ।
    ‘धेरै कुरा चाँडै भइरहेको छ । तर त्यससँगै अध्ययन, अनुभव आदान–प्रदान र नीतिसँग जोड्ने काम पनि भइरहेको छ,’ उनले भने । सभापति अन्सारीले समितिको नेतृत्व सम्हालेपछि भएका प्रारम्भिक बैठकहरूको अनुभव पनि साझा गरे । उनका अनुसार पहिलो बैठक समिति सभापतिको निर्वाचनसँग सम्बन्धित थियो भने त्यसपछिको बैठकलाई उनले ‘ओरिएन्टेसन बैठक’ का रूपमा अघि बढाए ।

    उनले समितिमा अधिकांश सदस्य नयाँ भएकाले समितिको कार्यक्षेत्र, विगतका अभ्यास, चुनौती र अनुभवबारे जानकारी गराउने उद्देश्यले पूर्व सभापतिलाई समेत बोलाइएको बताए ।
    ‘समितिले विगतमा कस्ता काम गर्याे, कस्ता चुनौती भोग्यो, कस्ता सहजता थिए भन्नेबारे पूर्व सभापतिले अनुभव सुनाउनुभयो । माननीय सदस्यहरूले जिज्ञासा राख्नुभयो, सुझाव दिनुभयो,’ उनले भने । दोस्रो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव र पदाधिकारीलाई बोलाएर मन्त्रालयको कार्यक्षेत्र, अधिकार, कार्ययोजना र प्रगति विवरणबारे छलफल गरिएको उनले जानकारी दिए ।

    उनका अनुसार समितिको प्रत्यक्ष सम्बन्ध दुई मन्त्रालयसँग छ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम मन्त्रालय । त्यसैले प्रारम्भिक चरणमा यी मन्त्रालयले कस्ता काम गरिरहेका छन्, आगामी दिनमा कुन दिशामा जान खोजिरहेका छन् भन्ने बुझ्न आवश्यक रहेको उनले बताए । अन्सारीले आजको औद्योगिक परिवेश ४० वर्षअघिको भन्दा पूर्ण रूपमा फरक भइसकेको बताए । ‘आज एआईको जमानामा उद्योग चलिरहेका छन् । ग्रीन एनर्जी, ग्रीन प्रोडक्सनको कुरा भइरहेको छ । टेक्नोलोजी, मेशिनरी, आउटपुट सबै फरक भइसके,’ उनले भने ।

    सभापति अन्सारीले विगतमा उद्योगी–व्यवसायीलाई दुःख दिने, त्रासमा राख्ने वा दोहन गर्ने उद्देश्यले नीतिमा जानाजानी ‘लुपहोल’ राखिएको आरोप लगाए । अन्सारीले विगतका संसदीय समितिहरूको अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गरे । उनका अनुसार पहिले समितिहरूले प्रतिवेदन त बनाउँथे, तर ती मन्त्रालयमा पुगेर थन्किने अवस्था थियो । ‘समितिलाई प्रतिवेदनको लाइब्रेरी बनाइएको थियो,’ उनले भने, ‘अब भने समितिलाई समाधान निकाल्ने संयन्त्रका रूपमा विकास गर्नुछ ।’

    सभापति अन्सारीले विगतमा संसदीय समितिहरू प्रभावशाली उद्योगपति, बिचौलिया र इन्ट्रेस्ट ग्रुपको प्रभावमा सञ्चालन भएको आरोपसमेत लगाए । ‘धेरै निर्णयहरू प्रभाव पार्न सक्ने समूह र उद्योगपतिबाट सञ्चालित थिए,’ उनले भने । तर आफू कुनै एक उद्योगपति वा समूहको हितमा काम नगर्ने उनको भनाइ छ । ‘म कुनै अमुक उद्योगपति वा अमुक समूहको इन्ट्रेस्टमा काम गर्दिनँ। समग्र रूपमा काम गर्नुपर्छ,’ उनले भने ।

    आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.