• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

लोकप्रिय समाचार

  • १. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • २. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • ३. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

  • ४. आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

  • ५. ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

  • ६. समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

  • ७. लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

  • ८. मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

  • ९. अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

  • १०. डोल्पामा उद्धार टोलीको सक्रियता, हिमपातमा फसेका ६ भारतीय पर्यटक सुरक्षित

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन


  •   शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ । आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा पुगेका सबैले ताररहित इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

    Advertisement

    आधार शिविरिमा पुगेकाले चलाउने इन्टनरेट अत्याधिक मंहगो भएको एक्सपिटिसन कम्पनीका प्रतिनिधिहरुको समेत गुनासो छ । तर सेवा प्रदायक कम्पनीहरुले आधार शिविरमा सेवा दिन गाह्रो हुने भएको र सेवाग्राही पनि सिजनल हुने भएकाले मंहगो पर्ने गरेको बताउँछन् । आधार शिविरसम्म एभरेस्ट लिङ्क र एयर लिंक जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ । ५१ सय मिटरसम्म एनटीसी र एनसेलको टावर भएपनि सिजनमा काम गर्दैन । अफ सिजनमा सामान्य मात्र चल्छ ।

    एयर लिंक कम्पनीका संचालक बुद्धि तामाङका अनुसार बेसक्याम्पमा आरोही जाने मौसम अर्थात क्याम्प बसेको बेला मात्रै इन्टरनेट दिनुपर्ने भएकाले पनि तुलनात्मक रूपमा लागत र प्रविधिका हिसावले केही महंगो पर्ने गरेको छ । ‘दुई हजारदेखि २५ सय रुपैंयाँमा एक महिनाको इन्टरनेट प्याकेज दिइरहेका छौं । तर विदेशीहरुलाई केही मंहगो पर्नजान्छ, उनीहरुलाई खर्च गर्न पनि गार्हो छैन् । जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा सेवा प्रदान गर्न सहज छैन् । इन्टरनेट सेवा राम्रो छ तर स्याटेलाइटमार्फत भइरहेको अनाधिकृत सेवाले हामीलाई असर पारेको छ । त्यसमा सरकारी चासो हुनुपर्यो, मिडियाले लेखिदिनुपर्यो,’ उनले भने ।

    नेपाल टेलिकम, एनसेलजस्ता सेवा प्रदायकहरुले उच्च हिमाली क्षेत्रमा सेवा विस्तार नगरेका कारण पनि इन्टरनेट सेवा मंहगो पर्न गएको छ । नेपाल टेलिकमका सह प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार टेलिकमले सेवा विस्तारलाई तिब्र बनाएको छ । ‘सगरमाथा क्षेत्रको दिङ्बोचेसम्म फोरजी, लिङ्बोचेदेखि गोरेछापसम्म टूजी सेवा विस्तार गरिसकेका छौं । फाइबर विस्तारका लागि धमाधम सामग्रीहरु धुवानी गरिरहेका छौं । चाँडै तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ उनले भने ।

    तर हिमाली क्षेत्र वा सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा अनाधिकृत रूपमा प्रयोग भइरहेकाले नेपाली सेवा प्रदायकहरुलाई कठिनाइ भइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ साल २२ वैशाखमा सूचना जारी गर्दै अनाधिकृत रुपमा इन्टरनेट सेवा संचालनमा रहेको उल्लेख गरेको थियो। प्राधिकरणले भनेको थियो,‘नेपालका केही स्थानहरू (अग्ला हिमालहरूका आधार शिविर क्षेत्रहरूमा) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

    एयर लिंकका संचालक तामाङले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा करिब ५३ वटा स्याटेलाइट अनाधिकृत रुपमा प्रयोग भइरहेको छ । नेपाल दूर संचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले सेवा मंहगो भएकोबारे आफूहरुले अध्ययन गरिएको बताए । उनले भने,‘प्राधिकरणले गुणस्तर मापदण्ड तोकेको हुन्छ, सो अनुसार सेवा प्रदान गर्नुपर्छ । भौगोलिक रुपमा कठिन भएकाले अनुगमनमा केही समस्या भइरहेको छ, हामी अध्ययनका क्रममा छौं । अवैध सेवा र शुल्क लिएको पाए कारवाही गर्छौं ।’

    तर प्राधिकरणले केही बर्षअघि नै प्रमुख पर्यटकीय क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार जनाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्राधिकरणले दुई पर्यटकीय केन्द्रमा निःशुल्क सेवा सुरु गरेको जनाएको थियो । यता, आधार शिविरभन्दा माथि नेपाली सेवा प्रदायकहरुले सेवा विस्तार गर्न नसकेपछि अनधिकृत रुपमा विदेशी प्रदायकहरुले सेवा दिइरहेका छन्। ति सबै अवैध छन् ।

    अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताए । तर त्यस्ता सेवा अनाधिकृत भएको र सरकारको निगरानी वा दायरामा भन्दा बाहिर रहेको पाइन्छ । कतिपय आरोहीहरु इन्टरनेटको पहुँचमा हुनुलाई सुरक्षित ठान्ने गरेका छन् । हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुने भएकाले पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो राख्ने गरेका छैनन् । तर नेपालीहरुले सेवा महंगो र कमजोर भएको बताउने गरेका छन् ।

    शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन
    न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल
    टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष
    नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व
    जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने
    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    Facebook Page

    लोकप्रिय

    • १.
      हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

    • २.
      गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

    • ३.
      पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

    • ४.
      आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

    • ५.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ६.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    भर्खरै

    • १.
      १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

    • २.
      पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

    • ३.
      न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

    • ४.
      टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    • ७.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ८.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.