• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

हाँसो दिवस : हाँस्न विर्सिएका सुकुमबासी


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • आज विश्व हाँसो दिवस । सामाजिक सञ्जाल हाँसोका तस्बिर र शुभकामनाले भरिएका छन् । तर काठमाडौंका नदी किनार र देशका विभिन्न स्थानमा बसोबास गर्ने सुकुमबासीहरुमा हाँसो होइन, रुवाईको आवाज गुञ्जिरहेको छ । जहाँ अरूले ‘मुस्कान बाँडौँ’ भन्दै उत्सव मनाइरहेका छन्, त्यहीँ केही अनुहारहरू आफ्नै आश्रय भत्किएको धुलोभित्र हराइरहेका छन् । हाँसोको दिनमा पनि उनीहरूको ओठ सुक्खा छ, आँखा रसाइरहेका छन् ।

    Advertisement

    साना छाप्रामा सन्तोष मान्दै बाँचिरहेका ती परिवारहरू आज घर न घाटको बनेका छन् । कसैको घर भत्किसकेको छ, कसैको भत्किँदै छ, र कसैले भोलि आफ्नो पालो आउने डरले आफैं घर खाली गरिरहेका छन् । चुनावअघि देखाइएको सपनाले उनीहरूलाई आशा दिएको थियो–रोजगार मिल्नेछ, व्यवस्थित बसोबास हुनेछ । तर आज त्यो आशा धुवाँजस्तै उडिरहेको छ । उनीहरू आफ्नै घरको भग्नावशेष छेउमा बसेर टोलाउँदै छन् ।

    यही भीडभाड र पीडाको बीचमा दुई जना साथी आकस्मिक रूपमा भेटिन्छन् । एक जनाको अनुहारमा हाँसो छ, शायद उसले जीवनलाई सहज रूपमा अघि बढाइरहेको छ वा उसलाई आजको दिनको अर्थ केवल ‘हाँसो’ मात्र थाहा छ । अर्काे साथीको आँखामा भने आँसु भरिएको छ, ओठ काँपिरहेको छ । उनीहरू केहीबेर चुपचाप एकअर्कालाई हेर्छन् । हाँसिरहेको साथीले सोध्छ ‘आज त हाँसो दिवस हो, किन यस्तो उदास ? जवाफमा आँसु झर्छ । यहाँ हरेक दिन रुवाईको दिवस हो, साथी..हाँसो त कहिल्यै हाम्रो भागमा परेन।’

    जब संसारले हाँसो खोजिरहेको छ, सुकुमबासी बस्तीले न्याय खोजिरहेको छ । प्रश्न अझै त्यहीँ छ जहाँ बाँच्ने आधार नै भत्किएको छ, त्यहाँ हाँसो कसरी आउँछ ? अनि कहिले आउँछ ?

    सञ्जोक : अचानक सफा–चिटिक्क भएर साथी भएको ठाउँमा आइपुग्छ र खुसी हुँदै भन्छ–आज मेरो ममी र बाबाले मलाई घरमा धेरै हँसाउनुभयो। हामी सबै मरिमरि हाँस्यौँ । ल आउ न, हामी पनि हाँसौँ । आज त हाँसो दिवस हो नि, साथी । (अर्को साथी माटोमा लत्पतिएको, आँखा रसाएको अवस्थामा देखिन्छ । )

    बिरान: तिमी हाँस, तिमी सुरक्षित छौ । आमाको काख छ, ढलानको घर छ, सोफामा बस्छौ । सुत्ने छुट्टै, खाने छुट्टै ठाउँ छ । साथी, मेरो हालत पनि हेर ।’

    सञ्जोक : ‘हेर न, हाँस्नका लागि घर वा सुरक्षित ठाउँ किन चाहियो र ? भगवानले दिएका ओठ छन् नि ! आउ न, हाँसौँ ।’(भन्दै साथीलाई तान्न खोज्छ, तर फेरि हात हटाउँछ। )

    बिरान :‘साथी, हाँसो त भित्रबाट आउनुपर्छ । मेरी आमालाई हेर, धुलोले लत्पतिएकी छन् । बुवालाई हेर, घरको सामानको थुप्रोमाथि बसेर आँसु झारिरहनुभएको छ । मेरा भाइबहिनीलाई हेर, डोजरले घर भत्काएको हेर्दै छन् । अबोध बालबालिकालाई केही थाहा छैन उडेको धुलोमा आँखा मिच्दै रमाएर डोजरको काम हेरिरहेका छन् । म कसरी हाँसू, साथी ?’

    सञ्जोक : ‘तिम्रो कुरा सुनेर म नै भावुक भएँ । साँच्चै, तिमीहरू अहिले कहाँ बस्छौ ?’

    बिरान : ‘यो कुरा सरकारले सोध्नुपर्ने थियो । तिमीले सोध्यौ, तर हामी कहाँ बसौँ ? कतै बस्ने ठाउँ भएको भए त यहाँ किन आउनुपथ्र्यो र ?’
    मेरा बा–आमाले यही घर देखाउँदै ‘यही हाम्रो बस्ती हो’ भन्नुहुन्थ्यो । हामी यहीँ खुसीका साथ बसिरहेका थियौँ । तर आज सबै बस्ती डोजर लगाएर भत्काइदियो ।’
    (दुवै साथी भावुक हुँदै कुरा गरिरहँदा सुकुम्बासी बस्ती पूरै भत्काइसकिएको हुन्छ । धुवाँ उडिरहेको छ, डोजर अझै भत्काइरहेको छ ।)

    सञ्जोक : ‘आज सबैले हाँसो दिवस मनाइरहेका छन् । म पनि तिमीलाई लिएर हाँस्न, रमाउन भनेर घरबाट निस्केको थिएँ । तर तिम्रो पीडामा म आफ्नो खुशीमा कसरी हाँसू, साथी ?’

    बिरान : ‘हामी सुकुम्बासीको हाँसो यो सरकारले लुटिदियो । तिमीलाई थाहा छ नि, म सानो कुरामा पनि कति खुसी हुन्थेँ, कति हाँस्थेँ । तर आज मेरो परिवार र हाम्रो बस्ती नै नष्ट गरिदियो ।’
    कतिले हाम्रो दुःखमा मजाक उडाए, ढलानका घर भएका बस्ती हेर्न रमाइलो मानेर आए । तर सुकुम्बासीको आँखामा हेर रोदन मात्र छ । दिनको भोक लुट्यो, रातको निन्द्रा लुट्यो, ओठको हाँसो लुट्यो केवल आँखामा आँसु छाडिदियो । विकास र व्यवस्थापनका नाममा घर न घाटको बनाइदियो ।

    सञ्जोक : आज त विश्व स्तन्त्रता दिवस पनि हो । सडकमा र्याली गर्दैछन् ।

    बिरान : हो, साथी सबै जना दिवस मनाउँदै सडकमा आएका छन् । हामी बाध्यताले सडकमा बसेका छौँ । भो साथी अब तिमी जाऊ, साथी । तिमी सफा चिटिक्क छौ, यो धुलोमा नबस, बिरामी होलाउ । म त बानी परेँ धुलो नै मेरो साथी बनेको छ । म अब धेरै कुरा गर्न सक्दिनँ..’
    (भन्दै बिरान बिस्तारै टाढा जान्छ।)

    हालको सुकुमबासीहरूको अवस्था निकै दुःखद छ । माथिको काल्पनिक संवाद सुकुमबासीसँग मिल्लोजुल्दो छ । जहाँ उनीहरू सानो घरमा बस्दै सानो–तिनो गुजारा चलाइरहेका थिए, त्यहाँ पनि सरकारले शान्तिपूर्वक बस्न दिएन । भविष्यमा केही राम्रो हुन्छ भन्ने आशा त छ, तर सुकुमबासी बस्ती व्यवस्थापनको क्रममा सरकारले पहिले उचित र व्यवस्थित स्थानको व्यवस्था गरेर मात्र बस्ती हटाउनु उचित हुन्थ्यो । पहिलेका सरकारहरूले सुकुमबासीलाई ‘भोट बैंक’का रूपमा प्रयोग गरे । उनीहरूको समस्या कहिल्यै गम्भीर रूपमा सुनेनन् । नयाँ सरकारले भने उनीहरूलाई उठिबास गराएको छ ।

    ‘हामी यो देशका नागरिक हौँ भन्ने पहिचान चुनावको एक महिना अगाडिदेखि चुनावकै दिन मात्र हुने रहेछ,’ भन्दै सुकुमबासीहरू भावुक बनेका छन् । अझ भनाैं सामाजिक सञ्जालमा कतिपय मानिसहरूले यस विषयलाई लिएर मजाक उडाउँदै पोस्टहरू बनाइरहेका छन् । मान्छेको घर हटाइएको होइन, किनारछेउका सुकुमबासीका घर मात्र भत्काइएका हुन क्या’ भन्ने जस्ता अभिव्यक्तिहरूले पीडितहरूको घाउमा झन नुन छर्किने काम गरिरहेका छन् ।

    आज विश्व हाँसो दिवस मनाइँदै गर्दा धेरै मानिसहरू हाँसिरहेका छन्, तर सुकुमबासीहरू भने रोइरहेका छन् । उनीहरू मानसिक र शारीरिक रूपमा कमजोर बन्दै गएका छन् । आशा गरौँ, अबको सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै, अहिले रोइरहेका सुकुमबासीहरूको अनुहारमा छिट्टै खुसी ल्याओस् । सानो ठूलो भन्ने भेदभाव नगरी सबै नेपालीका ओठमा हाँसो ल्याउन सकोस् । यही सन्देशसहित विश्व हाँसो दिवसको शुभकामना ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.