• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • १०. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच


  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम भनेको छ ।

    Advertisement

    नयाँ वर्ष वि सं २०८३ को अवसरमा जारी प्रेस विज्ञप्तिमा नेपाल डेभलपमेन्ट वाचले गत २७ मार्च २०२६ मा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे कार्यक्रम कार्यान्वयनतर्फ अघि बढेकोमा नेपाल सरकारलाई बधाई दिएको छ। उक्त कार्यक्रमले प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, लगानी प्रवद्र्धन, ऊर्जा, कर सुधार तथा मानव विकास लगायतका चौध विषयगत क्षेत्रमा व्यापक सुधारको खाका प्रस्तुत गरेको छ । यसले लामो समयदेखि रहेका जनगुनासाहरू सम्बोधन गर्न मदत पुग्ने संस्थाले जनाएको छ ।

    उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सरकारी प्रतिबद्धताको स्वागत गर्दै नेपाल डेभलपमेन्ट वाचले यसको कार्यान्वयनमा विधिसम्मत प्रक्रिया, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। यसले भ्रष्टाचार नियन्त्रणतर्फ महत्वपूर्ण सन्देश दिने विश्वास पनि संस्थाले व्यक्त गरेको छ। नेपाल डेभलपमेन्ट वाचले दलित तथा अन्य सीमान्तकृत समुदायमाथि विगतमा भएका विभेदप्रति सरकारद्वारा गरिएको स्वीकारोक्ति र क्षमायाचनालाई सकारात्मक कदमका रूपमा लिएको छ। तर, राज्यका तर्फबाट प्रधानमन्त्रीले औपचारिक रूपमा क्षमायाचना गरे यसले अझ सशक्त सन्देश दिने संस्थाको धारणा छ ।

    साथै, जातीय भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले राखेका आरक्षणहरूको पुनरवलोकन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
    भ्रष्टाचारविरुद्ध दोस्रो राष्ट्रिय कार्ययोजना बनाउने नयाँ सरकारको प्रतिबद्धताको स्वागत गर्दै नेपाल डेभलपमेन्ट वाचले अन्तरराष्ट्रिय सूचकांकहरू—विशेषतः भ्रष्टाचार सूचकांक र मानव विकास सूचकांकमा सुधार ल्याउने स्पष्ट मापनयोग्य लक्ष्य निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।

    आर्थिक रूपमा कमजोर वर्गकालागि अस्पतालहरुमा १० प्रतिशत शय्या छुट्याउने निर्णय एक सकारात्मक पहल भएको संस्थाले जनाएको छ। तर, विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने प्रस्तावप्रति नेपाल डेभलपमेन्ट वाचले चिन्ता व्यक्त गरेको छ । यसले अभिव्यक्ति स्वतन्त्रता र सङ्गठनको अधिकारमा असर पार्न सक्ने भन्दै, हिंसा वा आपराधिक गतिविधि नियन्त्रण गर्ने तर लोकतान्त्रिक सहभागिता सुरक्षित राख्ने सन्तुलित नीति अपनाउन पनि संस्थाले सुझाव दिएको छ ।

    भूमिहीन किसानहरूको गरिबी समाधान गर्ने सरकारी प्रतिबद्धताको स्वागत गर्दै नेपाल डेभलपमेन्ट वाचले सीमित कृषियोग्य जमिनका कारण परम्परागत जमिन वितरण मात्र पर्याप्त नहुने उल्लेख गरेको छ । यसको सट्टा आवास सहयोग, जीविकोपार्जन तालिम र आम्दानी वृद्धि कार्यक्रमजस्ता दीर्घकालीन उपायहरू आवश्यक हुने जनाइएको छ ।
    महिलाको सुरक्षालाई ध्यानमा राख्दै महिला मात्रका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने प्रस्ताव एउटा छोटो अवधिको उपाय मात्रै हुन बताउंदै नेपाल डेभलपमेन्ट वाचले दीर्घकालीन समाधानका लागि सार्वजनिक यातायात व्यवस्थापन, सुरक्षा प्रणाली र व्यवहार परिवर्तनमा सुधार गर्नुपर्नेमा जोड दिएको छ।

    विभिन्न राजनीतिक दलका प्रतिबद्धताहरूलाई सरकारी कार्ययोजनामा समेटिएकोलाई सहमति निर्माणतर्फ सकारात्मक कदमका रूपमा उल्लेख गर्दै नेपाल डेभलपमेन्ट वाचले यसलाई समयबद्ध र व्यावहारिक कार्यान्वयन योजनासहित अघि बढाउन पनि आग्रह गरेको छ।

    साथै, नेपाल डेभलपमेन्ट वाचले नयाँ सरकार गठनसँगै तय गरिएको बेसलाइन (आधाररेखा) का आधारमा नेपालको विकास यात्राको निरन्तर अनुगमन गर्ने र आगामी दिनहरूमा तथ्यमा आधारित विश्लेषण तथा टिप्पणी सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। गहिरो अनुसन्धान, नीतिगत विश्लेषण तथा प्रमाणमा आधारित निष्कर्षहरूको प्रसार तथा सार्वजनिक बहस मार्फत पारदर्शिता प्रवद्र्धन गर्न र नेपालमा नीतिनिर्माण प्रक्रियालाई सुदृढ बनाउन योगदान पु¥याउने लक्ष्य सहित हालै उक्त संस्थाको गठन गरिएको हो ।

    शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • २.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • ३.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ४.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ५.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ६.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ७.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ८.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.