• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ७. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ८. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ९. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • १०. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले सो धारणा राखेका हुन् । समस्याको वर्गीकरण गरी समाधानको उपाय खोजिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्री स्तरबाट गर्नुपर्ने काम आफूले गर्ने र अन्य तहबाट हुने काम आफ्नो जिम्मेवारीअनुसार परिणाम देखिने गरी कार्य गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिए ।

    Advertisement

    ‘कुर्सीमा कुन व्यक्ति बस्छ, भन्ने विषय महत्वपूर्ण होइन । कुर्सीमा बस्ने व्यक्तिको जिम्मेवारी के हो ? र, उसले आफ्नो जिम्मेवारी कति निर्वाह गरिरहेको छ भन्ने विषय महत्वपूर्ण छ ।’ मन्त्री श्रेष्ठले भने, ‘चालु आवको बाँकी तीनको अवधिमा जनताले सुधारको अनुभूति गर्ने र परिणाम आउने गरी सबै मिलेर काम गरौं ।’ वित्तीय, शासकीय एवम् संरचनागत रूपमा के सुधार गर्न सकिन्छ भन्ने बारेमा मिलेर सोचौं र आफ्नो क्षमता, सीप तथा बजेटको अधिकतम् उपयोग गरी लक्ष्य भेट्टाउन लाग्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    वैदेशिक मुद्राको मूल्यवृद्धिले विकास आयोजनाहरुमा पार्ने असर देखिन अझै बाँकी नै रहेको उल्लेख गर्दै उनले समयमै परियोजनाहरू सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिन जोड दिए । ठूला परियोजनाहरु वर्षौदेखि सम्पन्न हुन नसक्दा विकासको उपयोग कस्ले गर्ने ? भन्ने प्रश्नसमेत उब्जिएको भन्दै सिँचाइका परियोजनाहरु तीन दशकसम्म सम्पन्न हुन नसक्नु चिन्ताको विषय रहेको उल्लेख गरे । विकासका आयोजनाहरुमा बजेटलाई मुख्य समस्याका रूपमा औंल्याउने गरिन्छ । के बजेट मात्रै समस्या हो त ? मन्त्री श्रेष्ठको प्रश्न थियो ।

    छलफलमा जलस्रोत सचिव सरिता दवाडीले सिँचाइका आयोजनाहरू समयमा किन सम्पन्न हुँदैनन् भन्ने प्रश्न सर्वत्र उठ्ने गरेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य आयोजनाको काम गर्ने प्रकृति एउटै हुन नहुनेमा जोड दिइन् । उनले जग्गा प्राप्ति, रुख कटान जस्ता समस्या विकासे आयोजनाको समान समस्या रहेकाले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई विशेष प्राथमिकताका राख्नुपर्ने बताइन् ।
    विभागअन्तर्गत हाल बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय लगायतका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरु रहेका छन् ।
    हाल विभागले २१५ वटा ठेक्कामार्फत विभिन्न आयोजनाहरु निर्माण गरिहेको छ । जसमध्ये ३३ वटा समस्याग्रस्त ठेक्का अन्तर्गत २२ वटाको ठेक्का तोडिएको छलफलमा विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । चालू आर्थिक वर्षमा विभागअन्तर्गतका कार्यालयको समग्र वित्तीय प्रगति करिब २९ प्रतिशत रहेको छ ।

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.