• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै


  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
  • फाल्गुन ४,काठमाण्डौ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालीगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधीन झन्डै आधा दर्जन सडक पुल तोकिएको समय सीमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाह सम्भावना भएका दुई प्रदेशसँग यातायातको प्रत्यक्ष सञ्जालमा जोड्न निर्माण थालिएका पुल १४ वर्षसम्म निर्माणमा ढिलाइ हुँदा अलपत्र अवस्थामा पुगेका हुन् ।

    Advertisement

    स्याङ्जा र पाल्पा जोड्ने गरी निर्माणाधीन पाँचवटा पुल र गुल्मी जोड्ने गरी निर्माण भएका दुई पुल समय सीमाभित्र निर्माण हुन नसक्दा म्याद थपेर निर्माण गरिएको छ । सडक विभाग पोखराको पुल सेक्टरले निर्माण गरेको पाँच र पाल्पास्थित सडक विभागले निर्माण गरेको दुई पुलको म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ ।

    गण्डकी प्रदेशको स्याङ्जास्थित चापाकोट नगरपालिका–८, दामाचौर र लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको रामपुर नगरपालिका–६, प्याकलुक जोड्ने गरी बनेको ट्रस पुल १४ वर्षमा ८० प्रतिशत मात्रै काम सकिएको छ । २०६८ सालको असारमा एमएस इलाइट एसबीए जेभी काठमाडौंले तीन वर्षमा निर्माणको काम सक्ने गरी सो पुलको सम्झौता गरेको थियो । उक्त पुल १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपियाँको लागतमा निर्माण थालिएको हो । १ सय ८१ दशमलव ६९ मिटर लम्बाइ रहेको पुल डिजाइन फेल हुँदा निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले दाबी गरेको छ ।

    वेल फाउन्डेसन डिजाइनमा निर्माण गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको निर्माण कम्पनीले दुई किनारामा पिलर राखेर नदीको मध्यभागमा पिलर बनाउने क्रममा डिजाइनअनुसार काम अगाडि बढ्न नसक्दा पुल बन्ने प्रक्रिया रोकिएको होे । सो पुलको १४ वर्षमा पाँचपटकसम्म म्याद थप गरेर निर्माण कार्य जारी राखिएको छ ।

    वि.सं. २०७४ मङसिरमा एमएस सपना÷महादेव, खिम्ती÷हीरा जेभीले तीन वर्षमा काम सक्ने गरी सम्झौता भएको बाँसटारी पुल पनि आठ वर्षमा ४० प्रतिशत मात्र काम सकिएको छ । दुई सय मिटर लम्बाइको पुल २४ करोड ६० लाख १८ हजार ३ सय रुपियाँमा सम्झौता गरिएको हो । निर्माण कम्पनीले सम्झौताअनुसार काम गर्न नसक्दा हालसम्म पाँचपटक म्याद थपिएको छ । सिद्धार्थ राजमार्गको कालीगण्डकी नदीस्थित राम्दीमा निर्माण गरिएको नमुना पुलको ८० प्रतिशत काम सकिएको छ । थाइल्यान्डका प्राविधिकको सहयोगमा डिजाइन गरिएको पुल सीएफएसटी स्टिल टयुब आर्कब्रिज हो । नेपालकै पहिलो र एक स्पान रहने राम्दीको मोटरेबल पुल १ सय २० मिटर लम्बाइको हुनेछ । २७ करोड ७१ लाख ९ हजार ६ सय रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल सेक्टर पोखराले जनाएको छ ।

    त्यसै गरी कालीगण्डकी नदीको बेल्टारीस्थित पुल सम्झौताको दुई वर्षसम्म ५० प्रतिशत काम सकिएको छ । गौरीपार्वती–न्यु टेक्निकल जेभीले तीन वर्षमा सक्ने गरेर २०७७ सालमा सम्झौता भएको पुल १५ करोड ३९ लाख २८ हजार ६ सय ८० रुपियाँको लागतमा निर्माण हुनेछ । कालीगण्डकी नदीमा बन्दै गरेका आधा दर्जन बढी मोटरेबल पुलमध्ये चापाकोट नगरपालिका–१० आँधीघाट र रामपुर नगरपालिका–१० बर्दले जोड्ने गरी २०७९ कात्तिकमा सम्झौता भएको पुल अन्तिम चरणमा पुगेको छ । सपना निर्माण सेवा कम्पनीले तीन वर्षमा निर्माण सक्ने गरी सम्झौता भएको पुल अन्तिम चरणमा पुगेको हो । ३० करोड ६४ लाख ३८ हजार ८ सय रुपियाँको लागतमा बन्ने पुल केही दिनभित्र सकिने पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिनुभयो ।

    उता स्याङ्जा र गुल्मी जोड्ने गरी निर्माणाधीन सेतीवेणी पुलको अवस्था झन् कमजोर छ । म्याद सकिएको दुई वर्ष बितिसक्दासमेत ३० प्रतिशत मात्रै काम भएको छ । एक सय मिटर लामो पुल यामजिनी–राजेश्वरी जेभीले २०७८ असारमा दुई वर्षमा सक्ने गरी जिम्मा पाएको थियो । पछिल्लो समय तेस्रोपटक म्याद थपेर २०८३ भदौमा उक्त पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कालीगण्डडी गाउँपालिकाको चिउरीबोट–अर्बेनी पुलको अवस्था पनि अन्य पुलको जस्तै छ । म्याद गुज्रेको डेढ वर्ष बितिसक्दा पनि ३० प्रतिशत मात्रै काम सकिएको छ । इलाइट–यामजिनी–राजेश्वरी जेभीले १८ करोड ६८ लाख ७० हजार ७ सय ९० रुपियाँको लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता भएको १ सय ८० मिटर लामो पुलको दोस्रोपटक म्याद थपेर २०८३ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक विभाग पाल्पाले जनाएको छ ।

    वर्षौंसम्म पुल बन्न नसक्दा कालीगण्डकी नदीआसपास स्याङ्जा, पाल्पा र गुल्मीका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । निर्माण कम्पनी र सरोकारवाला निकायको ढिलासुस्तीले रणनीतिक महत्वका पुल कहिले पूरा हुन्छन् भन्नेमा स्थानीय अन्योलमै छन् । समयमै पुल निर्माण भए सेवाक्षेत्रका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन सक्नेमा स्थानीय आशावादी छन्।

    सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    गोरखाको थेराङखोलामा आएको बाढीले बगायो ४ घर

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.