फाल्गुन ३,काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ । केहीबेरमै सुरु हुने खेलमा नेपाल पहिले ब्याटिङमा उत्रिने भएको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । टोलिमा सोमपाल कामी फर्किएका छन् भने ललित राजवंशी बेन्चमा रहेका छन् ।

