एमालेका नेता महेश बस्नेत र महासचिव शंकर पोखरेल सिमरा आउने भएपछी सिमरा एयरपोर्ट घेरे एमाले र जेनजी युवाहरु बिच हाहान
बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ स्थित सिमराचोकमा बुधबार नेकपा (एमाले) युवा पक्ष र जेन–जीबिच झडप भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बिहान १०:३० बजे बुद्ध एयरबाट सिमरा एयरपोर्टमा आउने तयारी गरिरहेको जानकारी पाउनेबित्तिकै जेन–जीले विरोध जनाउँदा एमालेसमर्थक र जेन–जीबिच झडप सुरु भएको हो।
झडपको क्रममा जेन–जी युवाले सिमरा चोकमा बनाएको स्वागतद्वार च्यातेर भत्काएका छन्। भत्काउने क्रममा नेकपा एमालेका कार्यकर्ता जेनजी युवाहरु बिच झडप भकेको र झडपमा जेनजी युवाहरु घाईते समेत भएका छ्न जेनजी आन्दोलनपछि जेनजी युवाहरुप्रति कटाक्क्ष गर्दै उग्र बन्दै आएका एमालेका युवानेता महेश बस्नेत प्रति जेनजी युवाहरु आक्रोसित देखिन्छन यसै बिच एमालेको जागरण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका बस्नेत र पोख्रेल माथि जेनजी युवाहरु जाईलागेका हुन् यसै बिच आयोजित कार्यक्रम रद्द भएको जानकारी प्राप्त भएको छ भने अहिले सिमरा विमानस्थल र सिमराचोकमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले झडप नियन्त्रणमा लिएको जनाएको छ। हालसम्म महासचिव पोखरेल र नेता बस्नेत सिमरा आइपुगेका छैनन्। सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन सतर्क रहेको बताइएको छ। अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा छन् । उनीहरूलाई पनि प्रहरीले सुरक्षा दिएर राखेको छ । स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

