• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. पासाङ शेर्पाको उम्मेदवारी खारेज

रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाउने ट्रम्पको तयारी


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रक्षा मन्त्रालय (Department of Defense) लाई पुनः ‘युद्ध मन्त्रालय’ (Department of War) बनाउने गरी कदम चालेका छन् । ट्रम्पका अनुसार अमेरिका विगत लामो समयदेखि विश्वव्यापी सुरक्षा चुनौती र प्रत्यक्ष सैन्य संलग्नतामा सक्रिय भएकोले यसको आधिकारिक नामाकरण गर्नुपर्ने आवश्यकता रहेको छ । ट्रम्पले यस सम्बन्धमा शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी पनि गरेका छन्। उक्त आदेशले रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्ने प्रावधानसमेत राख्नेछ । सोही आदेशअन्तर्गत वर्तमान रक्षामन्त्री पिट हेग्सेथलाई ‘युद्ध मन्त्री’ को रूपमा सम्बोधन गर्न निर्देश दिइने बताइएको छ ।

    Advertisement

    पेन्टागनमार्फत अमेरिकी सेनाको सम्पूर्ण गतिविधि सम्हालिने गर्दछ । यसअघि पनि अमेरिकी संघीय सरकारको प्रारम्भिक चरणमा हालको रक्षा मन्त्रालयलाई ‘युद्ध मन्त्रालय’ नै भनिन्थ्यो। सन् १७८९ मा यस मन्त्रालयलाई अमेरिकी राष्ट्रपतिको क्याबिनेटको प्रमुख अंगका रूपमा गठन गरिएको थियो । त्यतिबेला यसको नाम नै युद्ध मन्त्रालय राखिएको थियो र उक्त नाम करिब डेढ शताब्दीभन्दा बढी समय अर्थात् सन् १९४७ सम्म कायम रह्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकी राजनीतिक र सुरक्षा रणनीतिमा आएको परिवर्तनका कारण यसलाई आधिकारिक रूपमा रक्षा मन्त्रालय भनेर पुनः नामकरण गरिएको थियो।

    यद्यपि, कार्यकारी आदेशमार्फत मन्त्रालयको नाम फेरिने विषयको कानुनी प्रक्रियामा जटिलता रहेको अन्तराष्ट्रीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकी संविधानअनुसार मन्त्रालय वा कार्यकारी निकाय सिर्जना गर्ने र तिनको नाममा स्थायी परिवर्तन गर्ने अधिकार अमेरिकी कङ्ग्रेससँग मात्र रहन्छ। यसको अर्थ, राष्ट्रपति ट्रम्पले दिने आदेशले तत्कालीन प्रयोगमा प्रभाव पार्न सक्ने भए पनि स्थायी रूपमा मन्त्रालयको नाम युद्ध मन्त्रालय बनाइँदैन । त्यसका लागि कङ्ग्रेसले विधेयक पारित गरी कानुनमै संशोधन गर्नुपर्ने हुन्छ ।

    विश्लेषकहरूले ट्रम्पको यो निर्णयलाई अमेरिकी राष्ट्रिय सुरक्षा नीतिमा बढ्दो आक्रामकता झल्काउने संकेतका रूपमा लिएका छन् । तर कतिपयले भने ‘युद्ध मन्त्रालय’ नाम पुनः प्रयोग गर्नु अमेरिकाको सैन्य शक्ति र प्रतिरोध क्षमताको बारेमा स्पष्ट सन्देश दिनुपर्ने समय आएको प्रमाण हो भनेर प्रशंशा पनि गरीरहेका छन् । तर आलोचकहरूले भने यसलाई शीतयुद्धकालीन मानसिकता फर्काउने खालको कदम भन्दै आलोचना गरिरहेका छन् । ट्रम्पका आलोचाकहरुका अनुसार रक्षा मन्त्रालय नाम स्वयंले अमेरिका शान्ति, सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको सन्देश दिन्छ, तर युद्ध मन्त्रालय भनेको आक्रामकता र द्वन्द्व उन्मुख नीति झल्काउने नाम हो ।

    यसैबीच अमेरिकी प्रशासनमा हुने नाम परिवर्तनले कूटनीतिक क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ । यदि अन्तर्राष्ट्रिय समुदायले यसलाई अमेरिका पुनः युद्धमुखी मुलुक बन्दैछ भन्ने सन्देशका रूपमा ग्रहण गरे, अमेरिकी छवि र सहकार्यमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको विज्ञहरूको तर्क छ ।

    (अन्तराष्ट्रीय संचार माध्यमको सहयोगमा तयार पारीएको।)

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग
    महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट
    पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
    पासाङ शेर्पाको उम्मेदवारी खारेज
    निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो
    एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.