काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेसँगै संसद्को अर्काइभ र अबका बैठक कसरी लाइभ गर्ने हो भन्नेबारे चासो राखेका छन् ।
बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि सङ्घीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखासँग संसद्को अर्काइभ र संसद्को आगामी बैठकको प्रत्यक्ष प्रसारणबारे चासो राखेका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले युट्युबमा अपलोड भएका संसद्का भिडियोको सुरक्षाबारे पनि महाशाखासँग चासो राखेका थिए ।