• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

एमालेको विधान महाधिवेशन भाद्र २० बाट


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन् ।

    Advertisement

    ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ । मञ्च सजावटदेखि स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य सेवा, यातायात र झाँकी प्रदर्शनसम्मका व्यवस्थापन कार्य सम्पन्न भइसकेका छन् । अधिवेशनमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापनाको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिएको छ ।

    पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्, जसमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा नराख्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाइ पोलिटब्यूरो र १५ पदाधिकारीको स्थायी कमिटी रहने लगायतका व्यवस्थाहरू प्रस्तावित छन् । पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्, जसमा पार्टी निर्माणमा देखिएका चुनौती र समाधानका उपायहरू, समाजमा पार्टीप्रति विश्वास जगाउने रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ ।

    महाधिवेशनमा पार्टीका विभिन्न आयोग र परिषद्का प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य र सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माण जस्ता पक्षमा जिम्मेवारी बाँडफाँड गरिएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूलाई महाधिवेशनको सफलताको लागि सहकार्य गर्न आग्रह गरिएको छ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.