• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।

    Advertisement

    बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भए पनि उब्जाएका सुपारीहरु बजारमा पठाउन समस्या रहेको बताए । उनले सुपारीहरुको सूचीकरण नहुँदाखेरि अभाव खड्किरहेको र यसमा समितिबाट सम्बन्धित मन्त्रालयलाई बोलाएर ध्यान पुर्याउनुपर्ने बताए ।

    उनले भने, ‘धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त हुन्छ । तर उब्जाएका सुपारीहरु पनि बजारमा पठाउन पाउँदैनन् यस्तो समस्या छ । किनकी सूचीकरण छैन । सूचीकरण नहुँदाखेरि अभाव खड्किरहेको छ । यसमा समितिबाट सम्बन्धित मन्त्रालयलाई बोलाएर यहाँ पनि ध्यान पुर्याइदिनुपर्यो ।’ यसैगरी उनले जबसम्म सुपारी खेति हुने जिल्लाहरुमा सदस्यहरु नजाँदासम्म नेपाली कुन हालतमा छन्ं त्यो बुझ्न नसकिने बताए । साथै उनले शान्ति सम्झौताहरु र द्वन्द्वपीडित सम्झौताहरुलाई जति छिटो, जति सक्दो समस्या समाधान गर्यो त्यति ठिक हुने बताए ।

    ‘हाम्रो कार्य क्षेत्रमा अन्तर्राष्ट्रिय भ्रमणहरु पनि लेखेको छ । तर म भन्दिन हाम्रो जम्बो टोली नै पठाइदेओस् तर प्रतिनिधिमुलक त पठाउनुपर्यो । यत्रो कुरोलाई पैसा हुन्छ यो समितिका मान्छेहरुलाई अनुगमन पठाउन के को चुक्ता ?,’ उनले भने, ‘जब हामी एनजीओ आइएनजीओसँग सबै सेयर गर्छौं भने यो विषयमा पनि सेयर गरौं । जबसम्म हामी सुपारी खेति हुने जिल्लाहरुमा जाँदैनौं हामी नेपाली कुन हालतमा छौं त्यो बुझ्न सक्दैनौं । अहिलेका समस्याहरुमा जति पनि शान्ति सम्झौताहरु छन् या द्वन्द्वपीडित सम्झौताहरु छन् त्यसलाई कतिदिन थाँति राखेर अगाडि बढ्ने त्यसैले जति छिटो, जति सक्दो समस्या समाधान गर्यो त्यति ठिक हुन्छ ।’ यसैगरी समिति सदस्य इन्दिरा देवी गौतमले कुन मन्त्रालयले कति काम गर्यो भनेर समितिले एउटा चार्ट नै बनाएर राखिदिनुपर्ने बताइन् । उनले यसरी चार्ट नै बनाउँदा सांसदहरुलाई हेर्न र बुझ्न सजिलो हुनुका साथै मन्त्रालय पनि काम गर्न बाध्य हुने बताइन् ।

    उनले भनिन्, ‘समितिले कुन मन्त्रालयले कति काम गर्यो भनेर चार्ट नै राखिदिनुपर्छ । यसो गर्दा सांसद र आउने सांसदहरुलाई पनि हेर्न र बुझ्न सजिलो हुन्छ । यस्तो गर्दा मन्त्रालय पनि काम गर्न बाध्य हुन्छ । अर्को वैदेशिक रोजगारी अत्यन्त गम्भिर विषय हो । देशको लागि आर्थिक लाभ हुने त स्वभाविक नै हो । तर नेपालीहरुले विदेशमा भोग्नु परेका कष्टहरुको बारेमा हामी अलि संवेदनशिल हुन आवश्यक छ ।’

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने
    देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.