• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • ३. शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

  • ४. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ७. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

किरण साह पक्राउ प्रकरण : नगर प्रमुख सिंहले झुठ बोलेको ठहर


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • वीरगन्ज । किरण साह पक्राउ प्रकरणमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले झुठो बोलेको आरोप लागेको छ । वीरगन्जबाट सञ्चालित एक सञ्चार संस्थालाई दिएको अन्तर्वार्तामा किरण साहका परिवारको कुनैपनि सदस्य बिरामी भई अस्पताल भर्ना नभएको दाबी गर्दै नगर प्रमुख सिंहले वीरगन्जवासीलाई झुक्याएको किरणका परिवारका सदस्यहरुले दाबी गरेका छन् ।

    Advertisement

    साहले संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र आफू स्वयंलाई बदनाम गर्न स्टन्ट गरिएको आरोप लगाउँदै वीरगन्ज र देशका जनतासँग झुठो बोलेको तथ्य फेला परेको बताइएको छ । किरण साह पक्राउ प्रकरणको छानबिन गर्दा नगर प्रमुख सिंहले दाबी गरेको भन्दा फरक तथ्यहरू फेला पारेको छ । किरण साहका परिवारको कोहीपनि सदस्य अस्पतालमा भर्ना नरहेको नगर प्रमुखको भनाइबारे छानबिन गर्दा किरण साहकी बहिनी संजा कुमारी साहकी २ वर्षीया छोरी कृतीका साह र ३ वर्षीय छोरा आर्यन साह वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा विगत एक सातादेखि भर्ना रहेको पत्ता लागिसकेको छ ।

    साहकी भतिजी कृतीका झाडापखालाको गम्भीर बिरामी भएकी कारण भदौं ११ गतेदेखि नै अस्पतालमा भर्ना भएकी छन् भने भतिज आर्यन खुट्टाको शल्यक्रिया र झाडापखालाका कारण अस्पतालमा भर्ना भएको पत्ता लगाएको छ । नगर प्रमुख सिंहले सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा वीरगन्जका सरकारीदेखि निजी अस्पतालका सबै झाडापखालासम्बन्धी बिरामीको तथ्यांक महानगरसँग दैनिक रुपमा अपडेट हुने गरेको र त्यसमा किरणका परिवारका कुनै सदस्य नरहेको असत्य जानकारी नागरिकलाई दिएको स्थानीयबासीले जनाएका छन् । भदौं ११ गते बुधबार झाडापखालाबाट गम्भीर बिरामी भएकी कृतीकालाई एनएमसीको आइसियुमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार भएपछि अहिले उनलाई आइसोलेशन वार्डमा राखी उपचार भइरहेको किरणका बहिनी ज्वाइँ शिव साहले जानकारी दिए । उनले छोरा आर्यनको खुट्टा भाँचिएपछि उपचार गराउन बाराको निजगढबाट वीरगन्ज आएको र सोही क्रममा वीरगन्जको मुर्लीस्थित किरण बस्ने डेरामा बस्दा छोरा–छोरीले धाराको पानी खाएपछि दुवै जना झाडापखालाबाट गम्भीर बिरामी भएको बताए ।

    ‘पहिले नै छोराको खुट्टा भाँचिएको थियो, त्यसपछि छोरा–छोरी दुवैमा झाडापखालाको समस्या भएपछि नेशनल मेडिकल अस्पतालमै भर्ना गराइयो। यही विषयलाई लिएर किरणले खानेपानी मन्त्री प्रदीप यादव र मेयर सिंहलाई फोन गरेका थिए,’ शिव साहले जानकारी दिए । किरणले फोन गरी मन्त्री र मेयरलाई ‘तपाईँहरूले जनतालाई पानी वितरण गर्दा पानी ठीक छ कि छैन भन्ने परीक्षण गर्ने कि नगर्ने?’ भन्ने प्रश्न गर्दा थुनामा परेको उनको भनाइ छ । पहिले भतिजा, पछि भतिजी र त्यससँगै किरणका ७३ वर्षीय पिता तुल्सी साह र आमा सावित्री साह पनि बिरामी भए । उनीहरूले मानसिक सन्तुलन गुमाउँदै मन्त्री र मेयरलाई फोन गरेर चर्को स्वरमा कुरा गरेको शिव साहको भनाइ छ ।

    पिता तुल्सी साह र आमा सावित्री देवीलाई उपचारका लागि वीरगन्जको एड्भान्स अस्पताल लगिएको थियो । स्वास्थ्य सुधार भएपछि दुवैलाई मुर्लीस्थित डेरामा ल्याइएको उनले बताए । ‘सरकारको लगानीमा वितरण गरिएको पानी खानेयोग्य छ कि छैन भन्ने परीक्षण नगरी नागरिकको ज्यानसँग खेलवाड गर्नेहरूमाथि कारवाही हुनुपर्ने ठाउँमा मन्त्री र मेयरको जवाफदेहिताको खोजी गर्ने किरणलाई जेलमा हाल्नु कत्तिको न्यायोचित हो?’ भन्ने प्रश्न शिव साहले उठाएका छन् । डेरामा बिरामी रहेका किरणका माता–पिताको हेरचाह गर्ने कोही छैन । ‘उनीहरूलाई केही भयो भने मन्त्री र मेयरले त्यसको जिम्मा लिन्छन् कि लिँदैनन्?’ भन्ने प्रश्न पनि किरणका बहिनीज्वाइँ शिव साहले गरेका छन्।

    मन्त्री र मेयरलाई झर्केर कुरा गर्दा किरणमाथि मुद्दा चलाइन्छ तर किरणलाई दैनिक रूपमा मन्त्री र मेयरका समर्थकहरूले सामाजिक सञ्जालमा मानमर्दन गर्दा राज्यले कारबाही गर्ने कि नगर्ने भन्ने प्रश्न आम नेपाली जनतासमक्ष शिव साहले तेर्साएका छन् । बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ सिस्वा महेशपुरमा जन्मिएकी किरण साह मात्र ८ कक्षा पढेकी भए पनि म्युजिक एल्बममा काम गर्दै माता–पिताको भरणपोषण गर्दै आएकी हुन् । उनका बहिनीज्वाइँका अनुसार, किरणका दुईजना ठूला दाइ भए पनि माता–पिताको हेरचाह नगरेपछि किरण एक्लै जिम्मेवारी उठाउँदै आएकी थिइन्। अहिले उनलाई थुनामा राखेपछि उनका माता–पितालाई राज्यले कसरी हेर्ने भन्ने प्रश्न समाज अगाडि तेर्सिएको छ।

    मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएको विषयमा खानेपानी मन्त्री यादवका पर्सनल असिस्टेन्ट (पीए) हरेन्द्र साहले दिएको निवेदनका आधारमा किरणलाई प्रहरीले पक्राउ गरेको हो। तर, किरणलाई अपमानित गर्दै सामाजिक सञ्जालमा दैनिक रूपमा मन्त्री र मेयरका समर्थकहरूले गरेका क्रियाकलापको लेखाजोखा राज्यले राख्छ कि राख्दैन भन्ने प्रश्न अहिले जनतामाझ ठडिएको छ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम
    मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
    उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि
    ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने
    इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास
    २३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

    • ३.
      शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    • ४.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    भर्खरै

    • १.
      पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

    • २.
      उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

    • ३.
      ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

    • ६.
      उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

    • ७.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ८.
      स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.