• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ६. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं। रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणधीन अवस्थामा रहेको ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् । उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ (संजिव) र अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् ।

    Advertisement

    सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समुदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् । एक अन्तरवार्तामा सोसाइटीका तीन जना सदस्यले गुरुङमाथि ठगीको आरोप लगाएका हुन् । तत्कालीन अध्यक्षको समन्वयमा प्रवद्र्धक कम्पनीसँगको छलफलपछि हाइड्रोपावरमा शेयर लगानी गरेवापत राम्रो मुनाफा आउँछ भनेकाले आफूहरुले त्यसमा लगानी गरेपनि हालसम्म कुनैपनि मुनाफा नपाएको बताएका छन् ।

    पीडित पक्षको प्रतिनिधित्व गर्दै ब्लु डाइमण्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडमार्फत इनर्जी इन्जिनियरिङ लिमिटेड प्रवद्र्धक रहेको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गरिदिने भन्दै सोसाइटीका सदस्यहरुसँग तत्कालीन अध्यक्ष गुरुङको सल्लाहमा रकम उठाएको र दुरुपयोग भएको आशंका व्यक्त गरे ।

    गुरुङले सदस्यहरुमार्फत उठाएको उक्त रकम हाइड्रो पावर कम्पनीको शेयरमा लगानी गरिदिएको भनिएपनि कतिपयलाई प्रमाणपत्र नै नदिएको र प्रमाणपत्र पाएकाहरुकोमा पनि कम्पनीको अध्यक्षको हस्ताक्षर नभएकाले रकम हिनामिना भएको हुनसक्ने उनले बताए ।

    पन्तले उपलब्ध गराएको विवरण अनुसार सोसाइटीका एक सदस्यले इनर्जी इन्जिनियरिङ कम्पनीको ४०० कित्ता संस्थापक शेयर खरिद गरेको देखिन्छ । उक्त शेयर खरिद गरेबापत ती सदस्यले कम्पनीलाई ४० हजार रुपैयाँ बुझाएका छन् । तर कम्पनीले रकम बुझेको उक्त प्रमाणपत्रमा अध्यक्षको हस्ताक्षर देखिएको छैन । यस हिसाबले उक्त हाइड्रो पावर कम्पनी नक्कली भएको हुनसक्ने पन्तको दाबी छ । उक्त रकम वास्तविक रुपमा जलविद्युत आयोजनामा लगानी भएको हो वा होइन भन्ने कुराको यकिन नभएकाले समुदायका व्यक्तिहरुको रकम हिनामिना भएको हुनसक्ने पन्तको बुझाइ छ ।

    यद्यपि, सोसाइटीकी तत्कालीन अध्यक्ष गुरुङले भने समुदायका व्यक्तिहरुसँगै आफुले पनि व्यक्तिगत रुपमा १ लाख १० हजार रुपैयाँ उक्त हाइड्रोपावरको शेयरमा लगानी गरेको बताएकी छन् ।

    ‘यदि मेरो समुदायका साथीहरुको लगानी डुबेमा मेरो पनि डुब्ने होला । नक्कली कम्पनी भएको भए मैले किन आफुपनि जोखिममा बसेर लगानी गर्दथें । म पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आवद्ध हुँदा उहाँकै सल्लाहमा उक्त हाइड्रो पावरमा संस्थाका करिब ४० जना सदस्यहरुसहित मेरो समेत गरेर करिब १८ देखि २० लाख रुपैयाँ लगानी भएको हो,’ उनले भनिन् ।

    यही विषयमा पीडितहरुले कम्पनी विरुद्ध नभई गुरुङ विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको बताएका छन् ।

    करिब सात वर्षअघि नयाँ शक्ति पार्टीमा आवद्ध भई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार समेत बनेकी गुरुङले रसुवाका युवा नेता प्रेम तामाङको प्रस्तावमा विवेकशील संस्थामार्फत समुदायका व्यक्तिहरुसँग सामूहिक छलफल गरेर आर्थिक उपार्जनका लागि हाइड्रो पावरको शेयरमा लगानी गरिएको बताइन् । आफुलाई हाइड्रो पावरको शेयरमा लगानी गर्ने बारेमा खासै जानकारी नभएको बताउँदै उनले पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको समेत सुझावमा यस्तो कदम लिएको बताइन् ।

    उनको संस्थाका सदस्यहरुबाट जम्मा भएको रकम जमलस्थित विभोर बैंकमा रहेको हाइड्रोपावरको खातामा जम्मा गरेको र सात वर्ष बितिसक्दा पनि परियोजना अगाडि बढ्न नसक्दा शेयर प्रमाणपत्र नदिएको भन्दै केही व्यक्तिहरुले आफुमाथि शंका व्यक्त गर्दै ठगीको आरोप लगाएको उनको दाबी छ ।

    ‘साथीहरुलाई सानो भएपनि सहयोग पुगोस, भविष्यमा आर्थिक रुपमा राम्रो होस् भनी पवित्र उद्देश्यले प्रोत्साहित गरेको हुँ । सोसाइटीमा रोजगारीमा रहेका सदस्यहरुबीच साझा सहमतिमा लगानी भएको हो । तर अहिले निहित स्वार्थी व्यक्तिहरुको उक्साहटमा समुदायभित्रै फाटो ल्याउने गरी मुद्दा मामिला गरिरहनुभएको छ । पैसा उठाएको एवम् दुरुपयोग गरेको लिखित र सबूत प्रमाणविना दौडिरहनुभएको छ । अर्थात आपसी सल्लाहबमोजिम असन्तुष्टिहरुको सम्बोधन हुने प्रशस्त आधारहरु हुँदाहुँदै कुनै व्यक्तिको लहडमा मेरो प्रतिष्ठा र इज्जतलाई धमिल्याउने प्रयास भइरहेको छ । यसले समाधान दिंदैन,’ गुरुङले भनिन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित पक्षले ठाडो उजुरी दिएको र सोमबार प्रहरी, पीडित पक्ष र हाइड्रो पावर सञ्चालक बीच छलफल भएको थियो । उक्त छलफलका विषयमा न्युज एक्सप्रेसलाई जानकारी दिंदै प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले दुबै पक्ष बीच समझदारी भइसकेको र विवाद सल्टिएको आफूले जानकारी पाएको बताए ।

    तर छलफलमा सहभागी भएका समुदायका व्यक्तिहरुले कुनै निष्कर्ष ननिस्किएको बताए । प्रहरीले पनि आपसी छलफल गरेर मिल्न सुझाव दिएको उनीहरुले बताए । तर पीडित भनिएका व्यक्तिहरुले पुनः हुलाकमार्फत उजुरी पठाएको बताएका छन् ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ
    चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री
    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    • ६.
      ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.