• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • काठामडौं । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले २०८२ साल भदौ २ गते नेपालले रूबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको हो ।

    Advertisement

    यससँगै नेपाल, दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं मुलुक बनेको छ । सन् २०१२ मा सुरु गरिएको राष्ट्रिय खोप अभियानअन्तर्गत ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै दिइएको दादुरा–रूबेला खोप, पछिल्लो एक दशकको निरन्तर प्रयास र खोप सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो ।

    सन् २०१५ र २०२३ को भूकम्प तथा कोभिड–१९ महामारीजस्ता संकटबीच पनि नेपालले २०१२, २०१६, २०२० र २०२४ मा रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको थियो । यी अभियानहरूले जीवनरक्षक खोपको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएका थिए । नेपालले दादुरा–रूबेला रोगको निगरानी प्रभावकारी बनाउँदै प्रति १ लाख जनसंख्यामा कम्तीमा २ जना शंकास्पद बिरामी पहिचान गर्नु पर्ने अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै, ८ जना भन्दा बढी बिरामी पहिचान गर्ने दर कायम गरेको छ ।

    देशभर रहेका तीनवटा प्रयोगशालामा शंकास्पद बिरामीहरूको नमुना परीक्षण हुँदै आएको छ भने १५ वटा अस्पतालमार्फत जन्मजात रूबेला सिन्ड्रोमको निगरानी पनि सञ्चालनमा छ ।नेपाल सरकारले ‘पूर्णखोप वडा’, ‘पूर्णखोप पालिका’ हुँदै ‘पूर्णखोप जिल्ला’ घोषणालाई प्राथमिकतामा राख्दै २०७९÷८० मा पहिलोपटक देशका सम्पूर्ण ७७ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको छ । नेपालमा नियमित खोप कार्यक्रमअन्तर्गत दादुरा–रूबेला खोपको कम्तीमा १ मात्राको कभरेज सन् २०२४ सम्ममा ९५ प्रतिशत पुगेको छ।

    यस उपलब्धिमा सरकारका प्रयाससँगै विकास साझेदार संस्थाहरूको पनि महत्वपूर्ण सहयोग रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    दक्षिण–पूर्वी एसियाली मुलुकहरू मध्ये भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले रूबेला निवारण गरिसकेका छन् । दादुरा निवारणमा भने नेपालले अब थप तीव्र प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । नेपालको यो सफलता, खोप अभियान तथा जनस्वास्थ्य सुरक्षामा गरिएको दशकौं लामो लगानीको परिणाम भएको समेत उनले बताए ।

    उनले भने, ‘करिब १५ वर्षको अथक प्रयासपछि देशलाई रूबेला मुक्त बनाउन सकेका छौं । डब्लुएचओले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको छ । डब्लुएचओ, युनिसेफ जस्ता संस्थाहरुको सहयोगबाट सम्भव भएको हो । अबको प्राथमिकता भनेको यो उपलब्धिलाई दीगो बनाउँदै आगामी वर्षहरूमा दादुरा निवारणको लक्ष्यमा पुग्नु हो ।’

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • २.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ३.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ४.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ७.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ८.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.