काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफूहरूले लिएर अडान यसै नछाड्ने प्रष्ट पारेको छ । रास्वपाका प्रवक्ता मनिष झाले राजनीतिक संरक्षणबिना १८ वर्षदेखि यस्तो गम्भीर सङ्गठित अपराध सम्भव नहुने बताएका हुन् ।
रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ। तर,कांग्रेस एमाले त्यो प्रस्ताव स्वीकार्न तयार छैन ।
उनले भनेका छन्,‘सदनमा बोल्ने हतारोमा हामी यो देशमा,राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौ,बस्दैनौँ।’
उनले कांग्रेस र एमालेलाई विगत सम्झाउँदै सदन अवरोध गर्न आफूहरूले प्रतिस्पर्धा गर्न नचाहेको समेत बताए।
रास्वपाले विगतका सबै गृहमन्त्रीको कार्यकालको समेत छानबिनको प्रस्ताव अघि सारेको छ ।