काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रूपले प्रतिवाद गर्ने बताका हुन् । त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाइ पनि लड्ने उल्लेख गरे। माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए ।
राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्ने सबैलाई स्पष्ट थाहा भएको उनको भनाइ छ ।