• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ८. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ९. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • १०. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

हिमानी ट्रस्टको आयोजनामा कार्यक्रम दरबार हत्याकाण्डको स्मृतिमा नारायणहिटीमा दीप प्रज्वलन


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाह राजपरिवारका सदस्यहरूको सम्झनामा हिमानी ट्रस्टले जेठ १९ गते नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गर्ने भएको छ। नारायणहिटी दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिर परिसरमा बेलुकी ६:३० बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने ट्रस्टले जनाएको हो।

    Advertisement

    २०५८ सालको जेठ १९ गते राति दरबारभित्र आयोजित भोजका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह र उनको परिवारको दुखद निधन भएको थियो। उक्त घटनाको विश्वसनीय र निष्पक्ष छानबिन अझै हुन नसकेको भन्दै घटना प्रति जनस्तरमै चासो कायमै छ।

    घटनापछि सिंहासनमा विराजमान भएका राजा ज्ञानेन्द्रको शासनकाल पनि लामो समय टिक्न सकेन। २०६२/६३ को जनआन्दोलनपछि नेपाल गणतन्त्रमा प्रवेश गर्दै राजतन्त्र अन्त्य भयो र ज्ञानेन्द्रले नारायणहिटी दरबार पनि त्यागेका थिए। तर, पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अझै पनि दरबारभित्रको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्।

    पूर्वराजा ज्ञानेन्द्र बेलाबेलामा आमालाई भेट्न दरबार प्रवेश गर्ने गरेका छन् । हालै जेठ १० गते उनी पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्रका साथ दरबार गएका थिए। सो अवसरमा उनले आमा रत्नलाई भेटेर दरबारभित्रको नारायण मन्दिरमा पूजाआजा गरेका थिए। गणतन्त्र आए यता पूर्वराजपरिवारले सार्वजनिक रूपमा मन्दिरभित्र यसरी पूजाआजा गरेको यो पहिलोपटक हो ।

    नारायण मन्दिर दरबार परिसरभित्र भए पनि पर्खालले छुट्ट्याइएको छ र मन्दिरमा पुग्न दरबार परिवारका लागि विशेष भित्री बाटो तथा सर्वसाधारणका लागि अलग गेट रहेको छ। हाल भने दरबार प्रशासनले भित्री बाटो बन्द गरी ढोकामा ताल्चा लगाएको छ, जसका कारण हिमानी ट्रस्टका पदाधिकारीहरूलाई बाहिरी गेट प्रयोग गर्नुपर्ने भएको छ।

    ट्रस्टले जारी गरेको सूचनामा दीप प्रज्वलन कार्यक्रममा कसले सहभागिता जनाउने भन्ने उल्लेख गरिएको छैन। तर, सूचनामा भनिएको छ— “स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवंगत शाही परिवारका सदस्यहरूको आत्माको चिरशान्तिको कामनार्थ श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं।”

    पूर्वराजा र परिवारका अन्य सदस्यहरू उक्त कार्यक्रममा सहभागी हुने चर्चा भए पनि दरबार स्रोतले त्यसबारे पुष्टि गरेको छैन। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आफूलाई सो कार्यक्रमबारे जानकारी नभएको बताएका छन्। उनका अनुसार पूर्वराजा हाल झापामा रहेका छन्।

    राजसंस्थाको समर्थनमा भइरहेका आन्दोलनहरू चर्किरहँदा दरबार हत्याकाण्डको स्मृतिमा दरबारभित्रै यस्तो कार्यक्रम गर्नु राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको छ। यसबारे थप जानकारीका लागि हिमानी ट्रस्टसँग सम्पर्क गर्न खोजिए पनि फोन सम्पर्क हुन सकेन ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.