×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी

तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो :गृहमन्त्री लेखक

“सही नेतृत्व नहुँदासम्म मुलुक अघि बढ्न सक्दैन” कुलमान !

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • ४. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ५. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ९. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • १०. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

भिजिट भिसा प्रकरणमा २४ घण्टामै १ हजार पीडितको प्रमाण प्राप्त भएको रास्वपाको दाबी


  •   शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगिएका नेपालीहरूको एक हजारभन्दा बढी प्रमाण चौबिस घण्टामै संकलन भएको दाबी गरेका छन्। रास्वपाका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यस्तो उल्लेख्य संख्या सहभागी हुनु गम्भीर विषय भएको झाको भनाइ छ।

    Advertisement

    उनले भने, “बुधबारदेखि म, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल लगायतका सांसद तथा साथीहरूले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष पीडितहरूसँग प्रमाण माग गरेका थियौँ, “२४ घण्टामै एक हजारभन्दा बढी प्रमाण प्राप्त भयो।”

    झाका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश जाँदा ठगीमा परेका, यौनजन्य हिंसाको शिकार भएका, बाकसमा शव भएर फर्किनुपरेको,ठूलो रकम बुझाउँदा पनि रोजगारी नपाएको जस्ता गम्भीर घटनाहरू समेटिएका छन्। “हजारौँ नेपालीहरू पीडामा छन्, ठगिएका छन्। राज्य मौन रहँदा नागरिकले न्याय पाउँदैन,” उनले भने ।

    उनले पछिल्ला पाँच वर्षमा सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको तथ्यांक सार्वजनिक गर्दै तीमध्ये करिब २० हजार जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको जानकारी दिए।

    झाका अनुसार यो अभियान कुनै व्यक्तिगत रिसीबी वा आक्रोशबाट प्रेरित नभई सुशासन र नागरिक सुरक्षाका लागि गरिएको हो। “यो गृहमन्त्रीविरुद्धको व्यक्तिगत आक्रोश नभई प्रणाली सुधारको अभियान हो,” उनले स्पष्ट पारे ।

    रास्वपाका सांसदहरूले संकलन गरिएका प्रमाणहरू सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेका छन्। साथै, उनीहरूले थप सत्य तथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

    भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सचिवालय तहका कर्मचारीको संलग्नता देखिएपछि गृहमन्त्री रमेश लेखकमाथि चौतर्फी दबाब बढ्दो छ। राजीनामाको मागसमेत सार्वजनिक रूपमै उठ्न थालेको छ ।

    यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित पाँच जनाविरुद्ध अनुसन्धान अघि बढाएको छ। उनीहरूका मोबाइल, ल्यापटपजस्ता विद्युतीय उपकरण बरामद गरी प्राविधिक विश्लेषण भइरहेको आयोगले जनाएको छ।

    शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी
    परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद
    वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
    एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी
    तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई
    विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • ४.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ५.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    • २.
      परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

    • ३.
      वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

    • ४.
      एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्ने झलनाथ खनालको दाबी

    • ५.
      तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

    • ६.
      विपिन जोशीका परिवारको राष्ट्रपतिसँग भेटवार्ता

    • ७.
      रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

    • ८.
      द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो :गृहमन्त्री लेखक

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.