काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट हुने भएको छ । केहीबेरमा उनीहरूबीच भेटवार्ता तय भएको हो।
विशेषगरी उनीहरूबीच नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ । यससँगै,नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार,आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।