• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

  • १०. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

राष्ट्रिय सभामा भएनन् बैंकिङ कसुरसम्बन्धी विधेयकमा बोल्ने एउटै सांसद


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • राष्ट्रिय सभाको बैठकमा आइतबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरे। प्रतिनिधि सभाबाट संशोधनसहित पारित भएको उक्त विधेयकमाथि राष्ट्रिय सभामा आइतबार सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो।

    Advertisement

    कार्यसूची अनुसार नै छलफलका लगि मन्त्री पौडेलले प्रस्ताव राखेपछि अध्यक्ष नारायण दाहालले बोल्न चाहने सांसदलाई नाम दिन आग्रह गरे। उनले सांसदहरुलाई नाम लेखाउनका लागि २ मिनेटको समय निर्धारण गरे। साथै विधेयकमा बोल्न चाहने सांसदहलाई ३ मिनेटको समय दिए।

    उनले बोल्न चाहने सांसदलाई विधेयकको दफासँग सम्बन्धित सैद्धान्तिक विषयमा मात्र धारणा राख्नुपर्ने बताए।
    अध्यक्ष दाहालले समय निर्धारण गरेपछि ड्याससँगै बसेका राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका कर्मचारीले सभाकक्षमा भएका सांसदहरुमा आँखा डुलाए।

    तर एक जना पनि सांसदले हात उठाएनन्। कर्मचारीहरुले कोही सांसदले हात उठाउँछन् कि भनेर केहीबेर सांसदहरुलाई हेरिरहे।
    तर विधेयकमाथि बोल्न एउटै सांसद तयार भएनन्।
    आफूले राखेको प्रस्तावमा कोही सांसद बोल्छन् कि भनेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पनि सांसदहरु बसेको लहरतर्फ हेरिरहे। तर कोही पनि सांसदले अध्यक्षलाई बोल्नका लागि नाम दिएनन्।

    सांसदहरुले नाम नटिपाएपछि अध्यक्ष दाहालले छलफलमा भाग लिन कुनै पनि सदस्यबाट नाम प्राप्त नभएको घोषणा गरे। मन्त्री पौडेल आफ्नो पार्टी नेकपा (एमाले)कै राष्ट्रिय सभामा मुख्य सचेतक भगवती न्यौपानेलाई हेर्दै मुस्कुराए। लगत्तै प्रतिनिधि सभाबाट आएको आएको बैंकिङ कसूरसम्बन्धी विधेयक कुनै छलफल बिना नै राष्ट्रिय सभाबाट स्वीकृत भयो। अध्यक्ष दाहालले सांसदहरुलाई विधेयक शाखामा संशोधन दर्ता गराउन आग्रह गरे।

    नेपाली कांग्रेसका एक सांसदले नाम उल्लेख नगर्ने सर्तमा विधेयकबारे कसैले धारणा नराख्ने अवस्थाबाट लज्जित भएको उल्लेख गरे। ‘हाम्रो पनि कमजोरी हो। तर सबैभन्दा ठूलो कमजोरी प्रमुख सचेतकको हो’, ती सांसदले भने, ‘आज यो विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ। तपाईंले तयारी गरेर आउनुहोस् भनेको भए जो सुकै सांसदहरु बोल्ने थिए।’

    राष्ट्रिय सभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक कृष्णबहादुर रोकाय छन्।
    दुई सदनात्मक संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्रिय सभालाई विज्ञहरुको सभाका रुपमा हेरिन्छ। किनभने माथिल्लो सभामामा सरकारले विज्ञहरुलाई मनोनित गर्ने प्रावधान गरिएको हुन्छ। संविधानले प्रतिनिधि सभामा कुनैपनि व्यक्तिले प्रतिनिधित्व गर्ने उमेर २५ वर्ष राखेको छ भने राष्ट्रिय सभामा यस्तो उमेर ३५ वर्ष राखिएको छ। यसरी संविधानले नै परिपक्क मानिस राष्ट्रिय सभामा आओस् भन्ने मनसाय राखेको छ।

    त्यस्तै प्रतिनिधि सभालाई विधेयक निर्माणका लागि समयको पाबन्दी गरिएको छैन। जबकी राष्ट्रिय सभामा विज्ञहरु हुने परिकल्पना गरिएका कारण प्रतिनिधि सभाबाट आउने कुनैपनि कानुन निर्माणका लागि दुई महिनाको समय तोकिएको छ। तर विज्ञहरुको सभा हुनुपर्ने राष्ट्रिय सभामा आइतबार बैंकिङ कसुरसम्बन्धी विधेयकमा बोल्ने एउटै सांसद भएनन्।

    सरकारले ल्याएको यो विधेयकमा चेक अनादर गर्नेलाई कारवाही सम्बन्धी व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा रकम भएको झुटो विवरण पेस गरी चेक काट्ने व्यक्तिलाई विधेयकले सजायको दायरामा ल्याउन खोजेको छ।

    सर्वोच्च अदालतले समेत यसरी चेक अनादर गर्ने कामलाई कसुरका रुपमा परिभाषित गरेको छ।
    विधेयकमार्फत् सरकारले चेक अनादरमा बिगो बमोजिमको रकम तिराउने र २ वर्षसम्म कैदको व्यवस्था गर्न प्रस्ताव गरेको छ। साथै चेक अनादरको विषयमा ३ महिना भित्र उजुरी दिनुपर्ने प्रावधान गरेको छ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.