• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

प्रधानमन्त्री ओली संविधान मिच्ने र विधि मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छः माधव नेपाल


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन्।शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलब नभएको आरोप लगाएका हुन्।

    Advertisement

    उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको बताए।उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे।उनले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए।उनले संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताए।

    उनले भने, ‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ। र त्यो कुराप्रति उहाँ गौरवबोध गर्नुहुन्छ। उहाँलाई संविधानसित मतलब छैन, कानूनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलब छैन। जतिधेरै छलफल गर्‍यो त्यति राम्रो हो। विधिको पालन गर्नु अनिवार्य नै हो। राज्यका सञ्चालकहरूले नै विधिको पालन गर्दैनन् भने अरूलाई विधिको पालन गर भन्ने नैतिक अधिकार राख्दैन। पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो भएको छैन। उहाँलाई मन लाग्यो भंग गरिदियो। अदालतले त्यो बेठिक भन्न थाल्यो। त्यो पनि उहाँले टेर्नु भएन। जनमानसले त्यसलाई गलत ठानेर आन्दोलन गर्‍यो फेरि उहाँले दोस्रो पटक विघटन गर्नुभयो।’

    संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप समेत उनले लगाए।

    उनले भने, ‘यस्तो किसिमको पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो गरिएको होला भन्ने आशा गर्न सकिँदैन। कहिलेकाहीँ शंकाको लाभ लिन सकिन्छ। तर यो सरकार बनाउँदा पनि त्यस्तै भयो। नियतमै खराब भएको हो वा राम्रो नियतले ल्याएको हो भन्ने कुरा तथ्यले जे भन्छ त्यही स्वीकार गर्नुपर्छ। यसमा हामीले आग्रह पाल्नुपर्ने केही आवश्यकता छैन। त्यसो भएको कारण उहाँले जुन अध्यादेश ल्याउनु भयो त्यसमा विधिले के भन्छ भने संसदीय समितिमा विचाराधीन विधेयकहरू छलफको क्रममा रहेको समयमा अध्यादेशबाट ल्याउन पाइँदैन। ल्याउनै पर्‍यो भयो भने त्यो विधेयक समितिबाट फिर्ता भइसक्नुपर्छ। अनि त्यसपछि अध्यादेशको रूपमा ल्याउन सकिन्छ। उहाँले त्यो विधि पनि उल्लङ्घन गर्नुभयो। विधि उल्लङ्घन गर्ने कुरा दण्डनीय हुँदैन र? दोस्रो, संसदको अधिवेशन नबसिरहेको बेलामा, राज्यलाई ठूलै नोक्सान भइरहेको छ भने त्यस्तो अवस्थामा अध्यादेश ल्याउन सकिन्छ। तर जब संसदको अधिवेशन बस्नुपर्ने बेलामा टार्दै उहाँले ढिला गर्दै जानुभयो। र १८ गते पनि उहाँले बाध्य भएर बोलाउनु भएको हो। विपक्षी दलहरूले संयुक्त वक्तव्य दिएपछि बाध्य भएर संसदको अधिवेशन बोलाइएको हो।’

    उनले भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.