• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • सरकारले एकैपटक ७८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । तर, काठमाडौं महानगरमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या समाधान भएन ।
    क्याबिनेट बैठकको ३ दिनपछि सार्वजनिक भएको सूचीमा महानगर दरबन्दी रहेका सरोज गुरागाईँको नाम छैन ।
    सुरूमा ८० जनाको सरुवा गरिएकोमा महानगरमा खटाइएका सहसचिव जान नमानेपछि २ जनाको नाम काटेर ७८ जनाको मात्र लिष्ट सार्वजनिक गरिएको बताइएको छ ।

    Advertisement

    यसबारेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सोध्दा सरुवा गरेर पठाएको मान्छे जान नमानेकाले केही दिन ढिला भएको बताए । जान नमान्नेको नाम भने उनले खुलाएनन् ।

    मन्त्री गुप्ताले नेपाल प्रेससँग भने, ‘एकजना सहसचिवलाई सरुवा गरिएको थियो अन्तिम समयमा जान मान्नुभएन । मन्त्रीस्तरीय निर्णयबाटै भएपनि २/३ दिनभित्र काजमा पठाउँछु ।’

    गुप्ताले सोमबार रिक्त ठाउँहरूमा छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।
    संसद भवन परिसरबाट उनले भनेका थिए, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो । मेयर सा’बको भूमिका त्यसभन्दा पृथक छ ।’

    ०८१ भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदीप परियारलाई महानगरबाट सरुवा गरेर सञ्चारमन्त्रालय पठाएको थियो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई पठाइएको थियो । तर, उनको मेयर बालेनसँग केमेस्ट्री मिल्न सकेन ।
    याे पनि पढ्नुस्: काठमाडौं महानगरमा टिक्दैनन् प्रशासकीय अधिकृत ! बालेनकै कार्यकालमा ४ जना फेरिए, पाँचौ ल्याउन बल

    गुरागाईं अहिले बिदामा छन् । पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’को प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको बालेनले उनीमाथि लगाएका छन् । व्यवसायी मनोज भेट्वालद्वारा निर्माणाधीन काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारवाही सिफारिस गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको कामकारबाही प्रभावित बनिरहेको छ । मेयर बालेन साहले २६ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका थिए ।

    २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए । मेयरको कुर्सीमा बसेयता उनले अहिलेसम्म ४ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । अहिले फेरि उनी पाचौं प्रशासकीय अधिकृतको खोजीमा छन् ।

    महानगरमा पुगेका ४ जनामध्ये तीनजना प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा हुँदा कर्मचारीवृत्तमा चिन्ता छाएको छ । सहसचिवहरू विवादमा तानिने डरले महानगर जान इच्छुक देखिँदैनन् ।

    स्थानीय तहका जनप्रतिनिधिले दोषजति कर्मचारीलाई देखाएर आफू उम्किन खोज्ने प्रवृत्तिले पालिकामा कर्मचारी जान हतोत्साहित हुने गरेको मन्त्रालयका एक अधिकारीले गुनासो पोखे ।

    (तस्बिर : मेयर बालेन र उनले कारवाही सिफारिस गरेका सराेज गुरागाईँ ।)

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.