• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ १९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

१३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ३. एकै मंचमा मोदी, सी र पुटिन

  • ४. १५ भदौ २०८२, आइतवार August 31, 2025

  • ५. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ६. के बन्द हुँदैछ फेसबुक ?

  • ७. मध्यान्तर : राजावादी आन्दोलनको केन्द्रमा हिमानी-हृदयन्द्र

  • ८. क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

  • ९. छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

  • १०. रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • सरकारले एकैपटक ७८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । तर, काठमाडौं महानगरमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या समाधान भएन ।
    क्याबिनेट बैठकको ३ दिनपछि सार्वजनिक भएको सूचीमा महानगर दरबन्दी रहेका सरोज गुरागाईँको नाम छैन ।
    सुरूमा ८० जनाको सरुवा गरिएकोमा महानगरमा खटाइएका सहसचिव जान नमानेपछि २ जनाको नाम काटेर ७८ जनाको मात्र लिष्ट सार्वजनिक गरिएको बताइएको छ ।

    Advertisement

    यसबारेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सोध्दा सरुवा गरेर पठाएको मान्छे जान नमानेकाले केही दिन ढिला भएको बताए । जान नमान्नेको नाम भने उनले खुलाएनन् ।

    मन्त्री गुप्ताले नेपाल प्रेससँग भने, ‘एकजना सहसचिवलाई सरुवा गरिएको थियो अन्तिम समयमा जान मान्नुभएन । मन्त्रीस्तरीय निर्णयबाटै भएपनि २/३ दिनभित्र काजमा पठाउँछु ।’

    गुप्ताले सोमबार रिक्त ठाउँहरूमा छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।
    संसद भवन परिसरबाट उनले भनेका थिए, ‘काठमाडौं महानगरपालिका मेरो कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने काम मेरो हो । मेयर सा’बको भूमिका त्यसभन्दा पृथक छ ।’

    ०८१ भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदीप परियारलाई महानगरबाट सरुवा गरेर सञ्चारमन्त्रालय पठाएको थियो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई पठाइएको थियो । तर, उनको मेयर बालेनसँग केमेस्ट्री मिल्न सकेन ।
    याे पनि पढ्नुस्: काठमाडौं महानगरमा टिक्दैनन् प्रशासकीय अधिकृत ! बालेनकै कार्यकालमा ४ जना फेरिए, पाँचौ ल्याउन बल

    गुरागाईं अहिले बिदामा छन् । पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’को प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको बालेनले उनीमाथि लगाएका छन् । व्यवसायी मनोज भेट्वालद्वारा निर्माणाधीन काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारवाही सिफारिस गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको कामकारबाही प्रभावित बनिरहेको छ । मेयर बालेन साहले २६ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका थिए ।

    २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए । मेयरको कुर्सीमा बसेयता उनले अहिलेसम्म ४ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । अहिले फेरि उनी पाचौं प्रशासकीय अधिकृतको खोजीमा छन् ।

    महानगरमा पुगेका ४ जनामध्ये तीनजना प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा हुँदा कर्मचारीवृत्तमा चिन्ता छाएको छ । सहसचिवहरू विवादमा तानिने डरले महानगर जान इच्छुक देखिँदैनन् ।

    स्थानीय तहका जनप्रतिनिधिले दोषजति कर्मचारीलाई देखाएर आफू उम्किन खोज्ने प्रवृत्तिले पालिकामा कर्मचारी जान हतोत्साहित हुने गरेको मन्त्रालयका एक अधिकारीले गुनासो पोखे ।

    (तस्बिर : मेयर बालेन र उनले कारवाही सिफारिस गरेका सराेज गुरागाईँ ।)

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन आवश्यक भयो सामाजिक संजालको नियमन ?
    निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
    दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने
    सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
    निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट
    दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ३.
      एकै मंचमा मोदी, सी र पुटिन

    • ४.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • ५.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ६.
      के बन्द हुँदैछ फेसबुक ?

    भर्खरै

    • १.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • २.
      निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने

    • ३.
      दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

    • ४.
      १३ साउन २०८२, मंगलवार July 29,Tuesday, 2025

    • ५.
      सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

    • ६.
      निरन्तर घट्दै शेयर बजार नेप्से, विहिबार ६ . ५५ अङ्कको गिरावट

    • ७.
      दर्ता नभएका सामाजिक संजाल बन्द गर्न सरकारको दुरसंचारलाई निर्देशन

    • ८.
      फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.