• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • लामो समय ‘तदर्थवाद’मा रहेका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले फेरि पार्टीले तोकिदिएको समयसीमा गुजार्ने संकेत देखिएको छ ।
    कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।

    Advertisement

    २६ मंसिरमा थप ८ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाको महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने गरी निर्देशन समिति बनाएका थिए । नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनेका थिए ।

    देउवाले २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न/गराउन विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशनसमेत गर्नेगरी निर्देशन समिति बनाइएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो ।
    तर ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’लाई पार्टीले दिएको समय गुज्रिन साढे एक महिना मात्रै बाँकी रहँदासम्म कुनै पनि भ्रातृ संस्थाका तदर्थ समितिले महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अगाडि बढाएको देखिँदैन ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार यीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन सम्पन्न गरिसकेको छ भने भूपू सैनिक संघले यही फागुन २२, २३ र २४ गते पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।
    पार्टीले प्रत्येक संगठनका लागि केन्द्रीय समितिमा रहेका तीन नेतालाई समेटेर महाधिवेशन निर्देशन समिति बनाएको छ । एउटा नेतालाई संयोजक र दुई सदस्य रहेको महाधिवेशन निर्देशन समिति बनाइएको छ ।

    तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघको संयोजक किशोरसिंह राठोर, महिला संघको संयोजक प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघ संयोजक केन्द्रीय सदस्य एनपी साउद, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ संयोजक मधु आचार्य, नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन संयोजक केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल छन् ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार यीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन सम्पन्न गरिसकेको छ भने भूपू सैनिक संघले यही फागुन २२, २३ र २४ गते पार्टी केन्द्र्रीय कार्यालयमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।

    ‘निर्देशन समिति बनेका ८ भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्म गर्न पार्टीले निर्देशन दिएको हो,’ सचिव शर्माले रातोपाटीसँग भने, ‘आन्तरिक तयारी भइरहेको जानकारी गराएका छन् । महाधिवेशन कहिले गर्ने भन्ने मिति यकिन भएको जानकारी पार्टी केन्द्रीय कार्यालयमा आएको छैन ।’

    अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले फारम भरेर केन्द्रमा पठाउने सम्भावना कम छ । यसले पार्टीले तोकेको समयभित्र अधिवेशन हुने सम्भावना कम देखिन्छ ।
    मुख्य भ्रातृ संस्थामध्य तरुण दलले अहिलेसम्म महाधिवेशनका लागि आवश्यक पूर्णकालीन सदस्यता वितरणका लागि सबै जिल्लामा फाराम पुर्‍याउनसमेत सकेको छैन । ३० माघमा बसेको विद्वान् गुरुङ नेतृत्वको तरुण दल तदर्थ समितिको बैठकले पूर्णकालीन सदस्यता फारम जिल्ला–जिल्लामा पठाएर फागुन मसान्तसम्म केन्द्रमा रुजुका लागि पठाइसक्न निर्देशन दिने निर्णय गरेको थियो ।

    केन्द्रीय समितिको निर्णयबमोजिम अध्यक्ष गुरुङले फागुन २ मा सबै जिल्लालाई परिपत्र गर्दै पूर्णकालीन फारमका वितरण गर्न निर्देशन दिए पनि अहिलेसम्म ७७ मध्ये ५० जिल्लाले मात्रै पूर्णकालीन सदस्यताको फाराम लगेका तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई उद्धृत गर्दै केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले रातोपाटीलाई पठाएको सूचनामा उल्लेख छ ।

    अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले फारम भरेर केन्द्रमा पठाउने सम्भावना कम छ । यसले पार्टीले तोकेको समयभित्र अधिवेशन हुने सम्भावना कम देखिन्छ ।

    अर्को मुख्य भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिले क्रियाशील र साधारण सदस्यता वितरणको काम नै अघि बढाउन सकिरहेको छैन । तदर्थ समिति अध्यक्ष दुजाङ शेर्पाले सदस्यता वितरणका लागि जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेका थिए । तर, अध्यक्ष शेर्पाले एकलौटी रूपमा प्रतिनिधि खटाएको भन्दै कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गर्ने इतर समूहको नेविसंघमा प्रतिनिधित्व गर्ने प्रेमिका रानामगरले समानान्तर रूपमा प्रतिनिधि खटाएपछि अहिले सदस्यता वितरणको काम नै स्थगित छ ।

    केही जिल्लामा सदस्यता फारम पुगे पनि अधिकांश जिल्लामा समानान्तर समिति र प्रतिनिधिका कारण पुग्न नसकेको तदर्थ समितिका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    नेपाल महिला संघमा पनि सबै जिल्लामा सदस्यता फारम पुग्न नसकेको निर्देशन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् । ‘धेरै जिल्लामा सदस्यताको फारम पुगिसकेको छ । केही जिल्लाले पूरै लगेका छैनन्, केहीले कत्ति पनि लगेका छैनन्,’ भुसालले भनिन्, ‘सदस्यता वितरणको अवस्था के छ भनेर तदर्थ समितिमा रहेका दुई जनालाई एउटा जिल्लामा गरेर सबै जिल्लामा प्रतिनिधि खटाएका छौँ । उनीहरूलाई फागुन १५ गतेभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । त्यो प्रतिवेदन आएपछि कसरी अगाडि बढ्ने भन्ने निर्क्योल हुन्छ ।’

    थारू संघ महाधिवेशन निर्देशनसमिति संयोजक कांग्रेस केन्द्रीय सदस्य उदय शमशेर राणाले तल्लो इकाइ वडा वडामा महाधिवेशन गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । जबराले भने, ‘हामी पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न गर्ने प्रयासमा काम गरिरहेका छौँ ।’

    बाँकी निर्देशन समिति बनेका संस्थाको महाधिवेशनका लागि आवश्यक पर्ने प्रक्रिया सुरु नभएको सम्बन्धित निर्देशन समितिका सदस्यहरूले जानकारी दिएका छन् । धेरैमा गुटगत समस्याका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.