• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

दाम्पत्य सुख : अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन्


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । कतिपय अवस्थामा आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरू यौन सम्बन्ध राख्छन् ।

    Advertisement

    यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरू त्यति हुँदैनन् । धेरैजसो महिला निष्क्रिय जस्तै हुने गर्छन् । के कारणले उनीहरूमा यौन चाहना कम भएको हो ? यसै विषयमा केन्द्रित रहेर मनोविद् करुणा कुँवरसँग गरिएको कुराकानी :

    पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुनका लागि महिलाहरू शारीरिक, मानसिक रूपमा तयार हुन्छन् ?

    प्रायः यौनका लागि पुरुष नै अग्रसर हुन्छन् । जब पुरुषलाई यौनको रुचि जाग्छ तब महिला पनि तयार भइरहेका हुन्छन् । धेरै अवस्थामा पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुन महिला शारीरिक, मानसिक रूपमा तयार भएका नभएकी पनि हुन सक्छिन् ।

    प्राकृतिक रूपमा पुरुषहरू हरेक दिन यौनका लागि तयार हुन्छन् । तर महिलामा यौन रुचि कहिले बढी त कहिले कम पनि हुन्छ । ‘फर्टिलाइजेसन’को समयमा महिलामा यौन चाहना बढी हुन्छ भने अन्य समस्या कम हुन्छ । त्यसैले पुरुषको मुड चल्नासाथ महिला पनि तयार हुनुपर्छ भन्ने छैन ।

    पुरुषलाई रुचि जाग्नासाथ महिलाले तयार हुनुपर्छ, यसबाट महिलाले पनि यौन सुख प्राप्त गर्छन् ?

    पुरुषमा रुचि जाग्नासाथ महिला तयार हुँदा महिलाले यौन सुख प्राप्त नगर्न सक्छन् । किनकि यौन सुख प्राप्त गर्न महिला पनि तयार हुनु जरुरी छ । महिला यौनका लागि तयार छैनन् भने शारीरिक तथा मानसिक रूपमा पनि तयार हुँदैनन् जसले गर्दा यौन सुख भन्दा पनि पीडादायी हुन्छ । महिलामा पनि चाहना भए मात्र उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।

    करुणा कुँवर । फाइल तस्वीर
    महिलाले यौनमा तुरुन्तै सहभागी हुनुपर्दा कुनै पीडा हुन्छ कि ?

    मानसिक र शारीरिक रूपमा तयार नभई यौन क्रियामा सामेल हुँदा योनी सुख्खा हुन्छ र पीडादायी हुन्छ । साथै पुरुषले जबरजस्ती गर्दा यौन सम्बन्ध राख्न खोज्दा पनि उनलाई पीडाको महसुस हुन्छ ।

    यसरी श्रीमानमा यौन रुचि जाग्नासाथ उनीहरूले आफूलाई मानसिक रूपमा कसरी तयार गर्छन् ?

    कस्तो व्यक्तिसँगको सम्बन्ध हो कति लामो सम्बन्ध हो यस्ता कुराले पनि महिलामा रुचि जगाउन सक्छ । महिला तयार छैन तर पुरुष तयार भएर उसले यौनको माहोल बनाएको छ र पार्टनरलाई हेरविचार गरेको छ, माया र सम्मान दिएको छ भने महिला पनि छिट्टै मानसिक रूपमा तयार हुन सक्छिन् ।

    श्रीमानको मुड अनुसार यौनमा सहभागी हुनुपर्ने हुन्छ, यस्तोमा महिलालाई पनि समान रूपमा यौन रुचि जाग्न सक्छ ?

    सम्बन्धको लागि श्रीमान् तयार छ तर श्रीमती तयार छैन भने सम्बन्ध नै हुँदैन भन्ने हुँदैन । यौन सम्बन्ध मात्र होइन, अन्य बेलाको सम्बन्ध पनि सुमधुर छ भने महिलामा पनि समान रूपमा रुचि जाग्न सक्छ ।

    किन महिला यौनमा आफू चाहिं अग्रसर हुँदैनन् ?

    सामाजिक र सांस्कृतिक रूपमा हाम्रो समाजका महिलालाई यौनको कुरा गर्न हुँदैन भनेर सानै उमेरदेखि सिकाइन्छ । महिलाले यौनको बारेमा चर्चा गर्दा चरित्रमाथि नै प्रश्न उठाउने पारिवारिक, सामाजिक प्रवृत्तिले यौनमा अग्रसर हुँदैनन् ।

    प्राकृतिक रूपमा पनि फर्टिलाइजेसनको समयमा भन्दा अरू बेला महिलामा यौन चाहना कम हुन्छ जसले गर्दा पनि उनीहरू यौनमा पुरुष जति अग्रसर हुँदैनन् । तर पछिल्लो समयको शिक्षा र समाजको विकासले गर्दा यौनको बारेमा महिलाहरू पनि खुल्न थालेका छन् ।

    श्रीमान् तयार नभएसम्म उनीहरूमा यौन रुचि नै जाग्दैन ?

    श्रीमान् तयार नभएसम्म महिलामा यौन रुचि नै नहुने होइन । महिलाले पुरुषले जसरी आफ्नो चाहना खुलेर राख्न सक्दैनन् । उनले आफ्नो चाहना बतायो भने पनि श्रीमानले केही नराम्रो पो सोच्ने हो कि भन्ने डरले पनि आफ्नो रुचि बताउँदैनन् ।
    महिलालाई अन्य कुन कुन अवस्थामा यौन सम्बन्ध पीडादायी हुन्छ ?

    महिलामा यौन चाहना नहुँदा योनी सुख्खा हुन्छ, जसले गर्दा पनि यौन सम्बन्ध पीडादायी हुन सक्छ । पाठेघरको संक्रमण, यौन वा पिसाबसम्बन्धी संक्रमण तथा अन्य स्वास्थ्य समस्याले समेत महिलालाई यौनमा अरुचि जगाउँछ तथा पीडादायी पनि हुन्छ ।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मालती मंगले’ को टिजर सार्वजनिक
    ‘लालीबजार’ तयार भएपछि अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आट्र्स
    ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
    ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’ को पोस्टर सार्वजनिक
    बालाजु बाइसधारामा परम्परागत मेला
    ‘१२ गाउँ २’ लाई जिम धाउँदै समीर, बैशाख पहिलो सातादेखि छायांकन

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.