• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

के के छन् ? पनिरका फाईदा हेर्नुहोस !


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ ।

    Advertisement

    यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ । चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् ।
    पनिर कसरी बनाउने रु

    त्यसो त पसलहरूमा तयारी पनिर पाइन्छ तर चाहेको खण्डमा घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नमर पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

    एक लिटर ताजा दूध उमाल्ने जब दूध उम्लन्छ आगोको आँच कम गर्नुपर्छ र दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै–बिस्तारै चलाउने । जब दूध पूर्णरूपले फाट्छ, त्यसमाथि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडामा छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यस्सलाई छेना भनिन्छ । यो छेनामा एक गिलास चिसो पानी हाल्ने यसो गर्दा पनिर धेरै मुलायम हुन्छ । छेना राखेको कपडाबाट पानी तहकिएपछि यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०–१५ मिनेटपछि तयार पनिरलाई सुविधानुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने ।

    दूध फटाउन कागतीबाहेक अमिलो हदी, साइट्रिक एसिड, सिरका र पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि १ ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्ने । यदि अमिलो दूधले दूध फटाउँदै हुनुहुन्छ भने १र२ कप अमिलो दही प्रयोग गर्न सकिन्छ । यदि साइट्रिक एसिडले दूध फटाउनुपरेमा सानो चम्चा १ लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १–२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ ।

    यस्तो नगर्नुहोस्
    –उम्लिरहेको दूधमा कागतीको रसस हाल्नाले पनिर कडा हुन्छ ।
    फ्रिजमा राखेको दूधलाई फ्रिजबाट निकाल्नासाथ आँचमा राखेर फटाउनाले पनि पनिर राम्रो हुँदैन ।

    यसो गर्नुहोस्
    –निर मुलायम होस् भन्नका लागि सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

    –पनिरलाई धेरै क्रिमी बनाउन चाहनुहुन्छ भने पनिरमा एक कप दही मिसाइदिनुपर्छ ।

    –दूध मनतानो भएपछि मात्र दूध फटाउनुपर्छ र पनिर राम्रो बन्छ ।

    –पनिरबाट निस्केको पानील दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।

    उपयोगी पनिरको पानीले दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।

    उपयोगी पनिरको पानी
    –पनिरको पानीको प्रयोग पिठो मुस्न प्रयोग गर्दा रोटी, परौंठा नरम हुन्छन् ।

    –कुनै पनि सुप बनाउँदा त्यसमा पनिरको पानी प्रयोग गर्नुहोस् ।
    –दाल तथा तरकारी पकाउँदा पनि पनिरको पानीको प्रयोग गर्न सकिन्छ जसले दाल र तरकारीलाई सोचेभन्दा बढी स्वादिष्ट बनाउँछ ।

    –पनिरको पानीमा २ चम्चा अमिलो दही मिसाएर राख्ने र भोलिपल्ट यसको प्रयोग कढी बनाउनका लागि गर्नुहोस् ।
    –पनिरको पानीमा एक चिम्टी चिनी र पिसेको अलैंची मिसाउनाले पौष्टिक पेय बन्छ ।

    –पनिरको पानीमा टुक्रा पारेर काटेको भेंडेखुर्सानी, गाजर र काउली बफाएर निकाल्ने, हिङ र जिराले झान्ने र कागती निचोरिदिने । पौष्टिक सुप तयार हुन्छ।
    –पनिरको पानीमा बेसन घोलेर पकौडा बनाउनाले पकौडा स्वादिष्ट हुन्छ ।

    –पनिरको पानीलाई फ्रिजमा राख्ने, दूध फटाउनुपरेमा यो पानी प्रयोगमा आउँछ ।
    –पनिरको पानीले फटाएको दूधको रसबरी पनि धेरै स्वादिलो र राम्रो हुन्छ ।

    –पनिरको पानी प्रोटिन र क्याल्सियमले पूर्ण छ । त्यसैले यसलाई खेर फाल्नु हुँदैन ।
    ताजा पनिर
    पनिरको प्रयोग हरेक मौसममा गर्न सकिन्छ । पनिर धेरै समयसम्म ताजा राख्नका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।

    –पनिरलाई एउटा भाँडोमा राख्नुहोस् । पनिर डुब्ने गरी पानी भर्नुहोस् । यदि पनिरलाई लामो समयसम्म ताजा राख्नु छ भने भाँडोको पानी सधै फेर्नुपर्छ ।
    –पनिरलाई आफूले चाहेअनुसार टुक्रा पारेर एक मिनेट कडा आँचमा सकेर चिसो बनाएर फ्रिजमा राख्ने । यसो गर्दा पनिर बिग्रदैन ।
    सावधानी
    –पनिरलाई प्रयोग गर्नुअघि मनतातो पानीमा नुन, बेसार हालेर ५–१० मिनेट राख्ने । यसो गर्दा पनिर तरकारीमा मिसिँदैन ।

    –पनिरको तरकारी बनाउँदा अरु तरकारी लेदो बनाइसकेपछि केवल १–२ मिनेट मात्र पनिर यसमा मिसाएर पकाउनुपर्छ । यसो गर्दा पनिरको स्वाद यथावत् रहन्छ ।

    पनिर रोल
    २ सय ग्राम पनिर, १ सय ग्राम मावा, १ सय ग्राम नरिवल कोरेको ३ ठूलो चम्चा पिसेको चिनी, २ सानो चम्चा कोको पाउडर र २ ठूलो चम्चा वटर, १ ठूलो चम्चा पिसेको चिनी ।

    बटर, चिनी र कोको पाउडर मिसाएर फिट्ने । पनिर मावालाई कोरेर नरिवल र चिनीसँग मिसाउने, पनिर मिश्रणलाई रोल बनाएर वटर, कोको मिश्रणले वभर गर्ने । बटरमा फ्रिजमा १५ मिनेटसम्म राख्ने । बटर जमेपछि बीचबाट काट्ने । पेपर कपमा सजाएर सर्भ गर्ने ।

    पनिर स्ट्रा
    पनिरलाई हत्केलाले माडेर मसिनो गर्ने ।यसमा अलिकति टुक्रा पारेर काटेको सिमलामिर्च मिसाउने । एक चिम्टी पिनेको मरिच र नुन मिसाउने । ब्रेडस्लाइसको किनारा काटेर त्यसलाई बेल्नाले बेरेर पातलो बनाउने पनिरको मसला ब्रेडस्लाइसमा लगाएर रोल गर्ने । कुनै सफा धागोमा बाधेर २–३ मिनेटका लागि ओभनमा सेक्ने । कुरकुने पनिर स्ट्रालाइृ चियाको साथमा सर्व गर्न सकिन्छ ।

    टेस्टी पनिर टिक्का
    २ सय ५० ग्राम पनिरलाई चारपाटे टुक्रामा काटेर २ ठूलो चम्चा भुटेको बेसन, १ सानो चम्चा धुलो खुर्सानी, १ सानो चम्चा अदुवा लसुनको लेदा, २ ठूलो चम्चा दहीलाई मिसाएर फिटने र यो मिश्रणलाई पनिरको टुक्रामा लटपटाउने र सुइरोमा सिउरेर कडा हुने समय सम्म ओभनमा सेक्ने ।

    पनिर स्वीट स्क्वायर
    २ सय ग्राम पनिरलाई चारपाटे टुक्रामा काट्ने । ननस्टिक प्यानमा १ सानो चम्चा तेल अथवा घिउ लगाएर पनिरको टुक्रालाई कडा आँचमा १ मिनेट चलाउने जसले पनिरलाई कपडा बनाओस् तर पनिरको रंग परिवर्तन हुने गरी प्यानमा पकाइरहनु हुन्न । १ सय ५० ग्राम चिनीमा १–२ कप पानी हालेर गाढा चास्नी बनाउने । यसमा एक चिम्टी अलैंचीको धूलो मिसाउने । पनिरको टुक्रालाई चास्नीमा हालिदिने र छानिने छान्ने यसो गर्दा धेरै भएको चास्नी छानिन्छ । पनिरमा गुलाबजल हालेर सर्भ गर्न सकिन्छ ।

    तपाई आफूले पनि पनिरका विभिन्न परिकार तयार पार्न सक्नुहुन्छ । कुनै न कुनै प्रकारले आफ्नो दैनिक भोजनमा पनिरको सेवन गर्नुहोस् । किनभने पनिरमा पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजामती कर्मचारी अस्पताल ( सिभिल ) को कार्यकारी निर्देशकमा डा. परियार
    हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ
    २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
    ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह
    बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
    आज विश्व स्वास्थ्य दिवस मनाइँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.