काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला र २ हजार ९०० रुपैयाँले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार आइतबार २ हजार ९०० रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । शुक्रवार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । गत साताकोअन्तिम दिन चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।