• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ७. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ८. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ९. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

निरन्तरता र परिश्रमलेनै सफलता चुम्न सकीन्छ, २३ वर्षको उमेरमै करोडौँको ब्यापार काधमा


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • संघर्षबाट सफलता देखेका नेप्स तामाङ उमेरले २४ वर्ष पनि पुगेको छैन तर जिम्मेवारीले भने परिपक्को देखिन्छ । आमा बासुमाया तामाङले सञ्चालन गर्दै आएको नेपाली मन उद्योग नामक अचार उद्योगमा करोडौको ब्यापार हुन्छ त्यसको ब्यवस्थापकीय भुमिकामा छिन नेप्स तामाङ । ५ किलो टिम्मुरबाट घरमै सुरुभएको अचार उद्योग अहिले २४ भन्दा बढी देशहरुमा फैलिएको छ भनै ५० जना भन्दा बढीले रोजगार गरि रहेको छ । निरन्तरता र परिश्रमलेनै सफलता चुम्न सकीन्छ भन्ने बताउने नेप्स तामाङ संग न्युज एक्पप्रेस नेपाल डटकमका सम्पादक सुजन पाख्रीन तामाङले संवाद गरेका छन । 

    Advertisement

    प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंशः

    नेपाली मन उद्योगको स्थापना अथवा परिकल्पना कसरी भयो ?

    नेपाली मन उद्योगको स्थापना त घरबाटै फेमेलि बिजनेस आमाले सुरु गर्नु भएको हो । सुरुमा ५ किलो टिम्मुर बाट टिम्मुरको छोक बनाएर आमाले सुरु गर्नु भएको बिजनेस हो । त्यसपछि यसको स्वाद चखाउदै वरिपरि गरेर बिस्तारै यस्को माग बढ्नथाले पछि उद्योगकोरुपमा स्थापना गरिएको हो । स्टाटिङ्मात यस्लाई अलि बुझाउन गारो भयो किन भने टिम्मुरको छोक भनेको बुज्दैन थियो छोक भनेको चाहि तामाङ भासा हो । छोक भनेको अचार हो । पछि बिस्तारै यस्को स्वादले गर्दा यो चिनिएको हो ।

    यो उद्योगको नाम चाहि किन नेपाली मन राखियो ?

    हाम्रो उत्पादन बिदेशमा बस्ने नेपालीहरुको रोजाइमा परेको हुनाले अचार सङ्गै नेपाली पन पनि होस भनेर यो उद्योगको नाम नै नेपाली मन राखिएको हो ।

    यो उद्योगमा कस्तो कस्तो अचारहरु बन्छ ?

    मेन त टिम्मुरको छोप नै हो हाम्रो त्यसपछि माग अनुसारको स्वादहरुमा सबै खाल्को अचारहरु बन्छ । जस्तै चिकेन, बफको अचारहरु अब माग अनुसारको सिजनल सबै खाल्को अचारहरु बन्छ । लाउका, मुला, तामा, आप, करेला, लप्सि गरि २५ भन्दा माथिको फरक स्वादमा अचारहरु बन्छ । तर यि सबै अचारहरुमा टिम्मुर चाँहि केहि मात्रमा मिसाइएको हुन्छ ।

    यो उद्योगमा बनेको सामानहरु कहाँ कहाँ बिक्रि हुन्छ ?

    हाम्रो उद्योगमा बनेको सामानहरु नेपालका ठुला मार्केट देखि साना मार्केट सबैमा सप्लाई हुन्छ । र नेपाल बाहेक जापान, अष्ट्रेलिया, क्यानडा, युएई लगायत २४ ओटा देशहरुमा सप्लाई हुन्छ ।

    तपाई आफै पनि ब्यवसायको सिलसिलामा विदेश जानु भएको छ ?

    छ मैने यो विजनेसको सिलसिलामा ३/४ देश पुगेको छु ।

    परिवारको आमा बाट सुरु भएको ब्यवसाय अहिले उद्योगनै स्थापना गरि नेपाली उत्पादन देश बिदेशमा फैलाउन कस्तो खाल्को सङ्घर्षहरु गर्नु पर्ने रहेछ तपाईको बिचारमा ?

    यसमा चाहि मेरो अलि फरक धारणा छ । हरेक सफलताको पछाडि सङ्घर्ष अवस्य हुन्छ । हाम्रो यो ब्यवसाय सफल हुनुमा सबै भन्दा पहिले मेरो आमाको मेहनत र धैर्यता नै हो जस्तो लाग्छ । मलाई सानै देखि ब्यापार ब्यवसायमा रुचि लाग्थ्यो र आमाले सुरु गर्नुभएको बिजनेसलाई मैले नजिक बाट हेर्ने गर्थ्यो सगाउने गर्थ्यो । अब सफल हुनुमात आमाको निरन्तर मिहनत, परिश्रम र बिश्वाशले गर्दा नै सफल भएको हो जस्तो लाग्छ । त्यसैले सफल हुनालाई त निरन्तरता, धैर्यता, मेहनत र बिस्वास चाहिन्छ जस्तो लाग्छ ।

    तपाई कति बर्षको हुनु भयो ?

    मैले २३ बर्ष भयो ।

    परिवारमा को को हुनुहुन्छ नि ?

    हाम्रो परिवारमा आमा, ३ जना दाईहरु म र एक जना बहिनी हुनुहुन्छ ।

    पढाइलाई काहँ सम्म पुर्याउनु भयो ?

    मैले +२ सक्काए ।

    उच्च शिक्षा का लागि केहि सोच्नु भएको छ ? बिदेश जानुहुन्छ ?

    मेरो बिचारमा मान्छेमा सबैको आफ्नो आफ्नो सोचाईहरु हुन्छ । मेरो पनि आफ्नै सोचाइ छ बिदेश गएर पढ्नेत मैले सोचेकै छैन । मैले जे सिके त्यो व्यवारमा लागु गर्न सकियो भने मलाई लाग्छ मैले मलाई चाहिने जत्ति अध्ययन त गरि सके तर पढाई मात्र सबै होइन जस्तो लाग्छ पढाइ सङ्गै पैसा पनि उत्तिकै अवस्यक पर्छ । पैसा सिप र परिश्रमले कमाउने हो । त्यसैले मैले हाललाई आफ्नो प्रोफेसनलाई नै निरन्तरता दिन चाहन्छु जुन मैले गरिरहेको छु । आमाले सम्हाल्नु भएको ब्यवसायलाई नै मैले आफ्नो प्रोफेसनको रुपला लिएको छु अहिले सबै हेन्डिल गरिरहेको छु अब यसैलाई अझ फैलाएर सक्दो बढि स्वादेशमा नै रोजगारी सृजना गर्ने सोच्मा छु ।

    नेपाली उत्पादनलाई बजारमा पुराएर बिक्रि गर्न कत्तिको सहज अथवा चुनौति छ ?

    सहज त छदै छैन चुनौति चाहि ठुलो छ । अझ बिदेशमा पठाउनलाई अलि बढि समस्य खडा हुन्छ । सबै चिजको बैधानिक भए पनि त्यहाको सिस्टमले धेरै समानहरु रोकि दिने फालिदिने जस्ता हरु हुन्छ । नेपाल भित्र पनि बिक्रि वितरण गर्न त चुनौति नै छ । कत्ति सामानहरु डुप्लिकेट बनाएर बजारमा ल्याउछन र ग्राहकहरुमा भ्रम फैलाई दिन्छ । छन धेरै चुनौतिहरु तर निरन्तरता चाहिन्छ आत्तिनु हुदैन जस्तो लाग्छ ।

    आम्दानी चाहि कत्ति हुने रहेछ ?

    हुन्छ आम्दानी त दैनिक कहिले काहि ५० औ हजार सम्म पनि हुन्छ । तर स्थिर हुदैन बार्षिक १ करोड माथिको हुन्छ ।

    यो उद्योगमा हाल कत्ती जनाले रोजगारी पाएको छ ?

    हाल ५० जना भन्दा माथीले यो उद्योगबाट रोजगारी पाएका छन ।

    उद्योगलाई अवस्यक पर्ने कच्चा बस्तुहरु कहा बाट आउछ ?

    बिषेश त यो हातले बनाउने कुनै पनि केमिकल प्रयोग नहुने र मेसिनहरुले नबनाउने विशुद्द आर्गानिक उत्पादन हो । अब यसमा चाहिने कच्चा बस्तुहरु प्रया नेपाली कृषकले उत्पादन गरेको नै ल्याउछौ । विषेश सबैमा टिम्मुर प्रयोग हुने भएकाले हामिलाई टिम्मुरको बढि अवस्यकता पर्छ हामिले टिम्मुर चाहि म्यग्दि सल्यान बाट ल्याउने गरेको छ ।

    अन्तमा ! तपाइलाई भन्न मन लागेको कुरा के हि छ ?

    अचारहरु….

    मलाई भन्न मन लागेको त खासै त्यस्तो केहि छैन तर बिजनेस भनेको नया सोचाईर आफ्नो १००% आइडियाले गर्नु पर्छ । प्रतिष्पर्धा गर्दा कपि हुने हिसाबले अर्काको आइडिया अथवा उत्पादनको कपि गरेर गर्नुहुदैन जस्तो लाग्छ । आफ्नो उत्पादन आफ्नै भयो भने स्वस्थ प्रतिष्पर्धा हुन्छ सफल पनि हुन्छ । त्यहि हो नयाँ सोचाइ छ र स्थापित हुन खोजेको नयाँ उद्योगहरु छ भने मिडिया,राज्य र सबैले त्यस्ता उद्योगलाई मोतिभेट गर्नु पर्छ ।

    धन्यवाद ! !

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो
    प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,
    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    भर्खरै

    • १.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • २.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    • ३.
      प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

    • ४.
      नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

    • ५.
      अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

    • ६.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    • ७.
      चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

    • ८.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.