• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ६. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ७. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

निरन्तरता र परिश्रमलेनै सफलता चुम्न सकीन्छ, २३ वर्षको उमेरमै करोडौँको ब्यापार काधमा


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • संघर्षबाट सफलता देखेका नेप्स तामाङ उमेरले २४ वर्ष पनि पुगेको छैन तर जिम्मेवारीले भने परिपक्को देखिन्छ । आमा बासुमाया तामाङले सञ्चालन गर्दै आएको नेपाली मन उद्योग नामक अचार उद्योगमा करोडौको ब्यापार हुन्छ त्यसको ब्यवस्थापकीय भुमिकामा छिन नेप्स तामाङ । ५ किलो टिम्मुरबाट घरमै सुरुभएको अचार उद्योग अहिले २४ भन्दा बढी देशहरुमा फैलिएको छ भनै ५० जना भन्दा बढीले रोजगार गरि रहेको छ । निरन्तरता र परिश्रमलेनै सफलता चुम्न सकीन्छ भन्ने बताउने नेप्स तामाङ संग न्युज एक्पप्रेस नेपाल डटकमका सम्पादक सुजन पाख्रीन तामाङले संवाद गरेका छन । 

    Advertisement

    प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंशः

    नेपाली मन उद्योगको स्थापना अथवा परिकल्पना कसरी भयो ?

    नेपाली मन उद्योगको स्थापना त घरबाटै फेमेलि बिजनेस आमाले सुरु गर्नु भएको हो । सुरुमा ५ किलो टिम्मुर बाट टिम्मुरको छोक बनाएर आमाले सुरु गर्नु भएको बिजनेस हो । त्यसपछि यसको स्वाद चखाउदै वरिपरि गरेर बिस्तारै यस्को माग बढ्नथाले पछि उद्योगकोरुपमा स्थापना गरिएको हो । स्टाटिङ्मात यस्लाई अलि बुझाउन गारो भयो किन भने टिम्मुरको छोक भनेको बुज्दैन थियो छोक भनेको चाहि तामाङ भासा हो । छोक भनेको अचार हो । पछि बिस्तारै यस्को स्वादले गर्दा यो चिनिएको हो ।

    यो उद्योगको नाम चाहि किन नेपाली मन राखियो ?

    हाम्रो उत्पादन बिदेशमा बस्ने नेपालीहरुको रोजाइमा परेको हुनाले अचार सङ्गै नेपाली पन पनि होस भनेर यो उद्योगको नाम नै नेपाली मन राखिएको हो ।

    यो उद्योगमा कस्तो कस्तो अचारहरु बन्छ ?

    मेन त टिम्मुरको छोप नै हो हाम्रो त्यसपछि माग अनुसारको स्वादहरुमा सबै खाल्को अचारहरु बन्छ । जस्तै चिकेन, बफको अचारहरु अब माग अनुसारको सिजनल सबै खाल्को अचारहरु बन्छ । लाउका, मुला, तामा, आप, करेला, लप्सि गरि २५ भन्दा माथिको फरक स्वादमा अचारहरु बन्छ । तर यि सबै अचारहरुमा टिम्मुर चाँहि केहि मात्रमा मिसाइएको हुन्छ ।

    यो उद्योगमा बनेको सामानहरु कहाँ कहाँ बिक्रि हुन्छ ?

    हाम्रो उद्योगमा बनेको सामानहरु नेपालका ठुला मार्केट देखि साना मार्केट सबैमा सप्लाई हुन्छ । र नेपाल बाहेक जापान, अष्ट्रेलिया, क्यानडा, युएई लगायत २४ ओटा देशहरुमा सप्लाई हुन्छ ।

    तपाई आफै पनि ब्यवसायको सिलसिलामा विदेश जानु भएको छ ?

    छ मैने यो विजनेसको सिलसिलामा ३/४ देश पुगेको छु ।

    परिवारको आमा बाट सुरु भएको ब्यवसाय अहिले उद्योगनै स्थापना गरि नेपाली उत्पादन देश बिदेशमा फैलाउन कस्तो खाल्को सङ्घर्षहरु गर्नु पर्ने रहेछ तपाईको बिचारमा ?

    यसमा चाहि मेरो अलि फरक धारणा छ । हरेक सफलताको पछाडि सङ्घर्ष अवस्य हुन्छ । हाम्रो यो ब्यवसाय सफल हुनुमा सबै भन्दा पहिले मेरो आमाको मेहनत र धैर्यता नै हो जस्तो लाग्छ । मलाई सानै देखि ब्यापार ब्यवसायमा रुचि लाग्थ्यो र आमाले सुरु गर्नुभएको बिजनेसलाई मैले नजिक बाट हेर्ने गर्थ्यो सगाउने गर्थ्यो । अब सफल हुनुमात आमाको निरन्तर मिहनत, परिश्रम र बिश्वाशले गर्दा नै सफल भएको हो जस्तो लाग्छ । त्यसैले सफल हुनालाई त निरन्तरता, धैर्यता, मेहनत र बिस्वास चाहिन्छ जस्तो लाग्छ ।

    तपाई कति बर्षको हुनु भयो ?

    मैले २३ बर्ष भयो ।

    परिवारमा को को हुनुहुन्छ नि ?

    हाम्रो परिवारमा आमा, ३ जना दाईहरु म र एक जना बहिनी हुनुहुन्छ ।

    पढाइलाई काहँ सम्म पुर्याउनु भयो ?

    मैले +२ सक्काए ।

    उच्च शिक्षा का लागि केहि सोच्नु भएको छ ? बिदेश जानुहुन्छ ?

    मेरो बिचारमा मान्छेमा सबैको आफ्नो आफ्नो सोचाईहरु हुन्छ । मेरो पनि आफ्नै सोचाइ छ बिदेश गएर पढ्नेत मैले सोचेकै छैन । मैले जे सिके त्यो व्यवारमा लागु गर्न सकियो भने मलाई लाग्छ मैले मलाई चाहिने जत्ति अध्ययन त गरि सके तर पढाई मात्र सबै होइन जस्तो लाग्छ पढाइ सङ्गै पैसा पनि उत्तिकै अवस्यक पर्छ । पैसा सिप र परिश्रमले कमाउने हो । त्यसैले मैले हाललाई आफ्नो प्रोफेसनलाई नै निरन्तरता दिन चाहन्छु जुन मैले गरिरहेको छु । आमाले सम्हाल्नु भएको ब्यवसायलाई नै मैले आफ्नो प्रोफेसनको रुपला लिएको छु अहिले सबै हेन्डिल गरिरहेको छु अब यसैलाई अझ फैलाएर सक्दो बढि स्वादेशमा नै रोजगारी सृजना गर्ने सोच्मा छु ।

    नेपाली उत्पादनलाई बजारमा पुराएर बिक्रि गर्न कत्तिको सहज अथवा चुनौति छ ?

    सहज त छदै छैन चुनौति चाहि ठुलो छ । अझ बिदेशमा पठाउनलाई अलि बढि समस्य खडा हुन्छ । सबै चिजको बैधानिक भए पनि त्यहाको सिस्टमले धेरै समानहरु रोकि दिने फालिदिने जस्ता हरु हुन्छ । नेपाल भित्र पनि बिक्रि वितरण गर्न त चुनौति नै छ । कत्ति सामानहरु डुप्लिकेट बनाएर बजारमा ल्याउछन र ग्राहकहरुमा भ्रम फैलाई दिन्छ । छन धेरै चुनौतिहरु तर निरन्तरता चाहिन्छ आत्तिनु हुदैन जस्तो लाग्छ ।

    आम्दानी चाहि कत्ति हुने रहेछ ?

    हुन्छ आम्दानी त दैनिक कहिले काहि ५० औ हजार सम्म पनि हुन्छ । तर स्थिर हुदैन बार्षिक १ करोड माथिको हुन्छ ।

    यो उद्योगमा हाल कत्ती जनाले रोजगारी पाएको छ ?

    हाल ५० जना भन्दा माथीले यो उद्योगबाट रोजगारी पाएका छन ।

    उद्योगलाई अवस्यक पर्ने कच्चा बस्तुहरु कहा बाट आउछ ?

    बिषेश त यो हातले बनाउने कुनै पनि केमिकल प्रयोग नहुने र मेसिनहरुले नबनाउने विशुद्द आर्गानिक उत्पादन हो । अब यसमा चाहिने कच्चा बस्तुहरु प्रया नेपाली कृषकले उत्पादन गरेको नै ल्याउछौ । विषेश सबैमा टिम्मुर प्रयोग हुने भएकाले हामिलाई टिम्मुरको बढि अवस्यकता पर्छ हामिले टिम्मुर चाहि म्यग्दि सल्यान बाट ल्याउने गरेको छ ।

    अन्तमा ! तपाइलाई भन्न मन लागेको कुरा के हि छ ?

    अचारहरु….

    मलाई भन्न मन लागेको त खासै त्यस्तो केहि छैन तर बिजनेस भनेको नया सोचाईर आफ्नो १००% आइडियाले गर्नु पर्छ । प्रतिष्पर्धा गर्दा कपि हुने हिसाबले अर्काको आइडिया अथवा उत्पादनको कपि गरेर गर्नुहुदैन जस्तो लाग्छ । आफ्नो उत्पादन आफ्नै भयो भने स्वस्थ प्रतिष्पर्धा हुन्छ सफल पनि हुन्छ । त्यहि हो नयाँ सोचाइ छ र स्थापित हुन खोजेको नयाँ उद्योगहरु छ भने मिडिया,राज्य र सबैले त्यस्ता उद्योगलाई मोतिभेट गर्नु पर्छ ।

    धन्यवाद ! !

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    म हट्ने नहट्ने फेसबुकले भन्ने होईन कमिटीले भन्ने होला : ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ६.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    भर्खरै

    • १.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • २.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.