काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को निमित्त उपकुलपतिमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरिय निर्णयबाट न्याम्सको निमित्त उपकुलपति प्रा.डा. बस्नेतलाई नियुक्त गर्नु भएको छ ।
वीर अस्पतालका निर्देशक डा. बस्नेतलाई (न्याम्सको निमित्त उपकुलपतिमा नियुक्त गरिएको मन्त्रीका प्रेस सल्लाह रामचन्द्र दुलालले जानकारी दिनु भयो । यस्तै, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त हुनु भएको छ । यसअघि ठाकुर स्वास्थ्य मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।
वीर अस्पतालका छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा नियुक्त हुनु भएको छ । लामो समयदेखि क्षयरोग केन्द्र निर्देशक विहीन थियो ।