काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु ।,’


