काठमाडौँ । भोटेकोसी बाढीमा रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन भएको पाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हालसम्म पाँच हजार ३२६ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन भएका हुन्।
रसुवाबाट मात्रै सम्पर्कविहीन हुनेहरूमा एक हजार ३९३ जना स्थानीय बासिन्दा छन्। त्यस्तै, अन्य जिल्लाका एक हजार २८६ जना छन्।
यसैगरी रसुवामा रहेका सरकारी कर्मचारी ७३, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२ र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना पनि सम्पर्कविहीन छन्।


