• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ३. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ४. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ५. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ६. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ९. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • १०. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्।

    Advertisement

    जेनजी दिवसमा आज विज्ञप्ति जारी गर्दै उनले जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौं भन्ने दृढ सङ्कल्प व्यक्त गरेका हुन् ।

    यस्तो छ विज्ञप्ति-

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, अनि विशेषगरी देशको भविष्य आफ्नै काँधमा बोकेर उभिएको ऊर्जावान् युवा पुस्ता !
    ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको थियो। वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालको सचेत युवा पुस्ता (जेन्जी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो।

    आज, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेरो व्यक्तिगत तर्फबाट उक्त आन्दोलनको वास्तविक मर्मलाई स्मरण गर्दै केही कुरा राख्न चाहन्छु।

    एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

    आन्दोलनका क्रममा अङ्गभङ्ग हुनुभएका, घाइते हुनुभएका तथा मानसिक एवं शारीरिक चोट भोग्नुभएका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु।
    राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो‌ त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ थियो। त्यो आन्दोलनले एउटा जबर्जस्त सन्देश दियो: यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।

    यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन; यो पूर्णतः स्वस्फूर्त जागरण थियो। त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन।
    हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।
    म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ।

    अन्त्यमा, जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।
    रवि लामिछाने
    सभापति
    राष्ट्रिय स्वतन्त्र पार्टी

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा
    जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?
    सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ३.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ४.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ५.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ६.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    भर्खरै

    • १.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • २.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ३.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ४.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ५.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ६.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    • ७.
      सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

    • ८.
      अग्रजको मार्गदर्शन र नयाँ पुस्ताको चाहना जोड्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री कार्यालय

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.