काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमाहरूलाई सम्बोधन गर्दै युवाको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बाचा गरेका हुन्।
शहीदका आमाहरूलाई सम्बोधन गर्दै भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले बास गरेको हो। आफ्नो गर्भलाई धन्यवाद भन। म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु। स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो। प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’
उनले आन्दोलनका क्रममा घाइते युवाले खुट्टा टेक्न र संसार देख्न नसकेका पनि देशले परिवर्तन पाएको बताए।


