काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव भेटिएको छ । ढोरपाटन ६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन् ।
तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिय । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समय घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
अदैको मृत्यु कसरी भयो भन्नेबारे अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीको भनाइ छ । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।