काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोलामा ११०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा ११०० घटेर प्रतितोला १ लाख ११०० मा कारोबार भइरहेको हो ।
अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १०० मा सुन खरिदबिक्री भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । आज बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।