काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका सबै चिकित्सक तथा संघ संस्थालाई पनि काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिएर प्राकृतिक विपद् तथा उपचारमा संलग्न हुन आह्वान गरेको छ।
मेडिकल काउन्सिलले आज मंगलबार सूचना जारी गरी दर्ता नभएका चिकित्सक तथा संघ संस्थालाई नेपालको प्रचलित ऐन, कानुन र नियमअनुसार व्यक्तिगत एवं सामूहिक रूपमा उपचार सेवामा संलग्न रहन अपिल गरेको हो।



