काठमाडौँ । काठमाडौंको नागढुंगा सुरूङमार्गमा आजदेखि निजी सवारी साधन पनि सञ्चालन गर्न दिइएको छ।
९ जनासम्म यात्रु रहेका निजी सवारी साधन (कार, जिप र भ्यान) सञ्चालन गर्न खुला गरिएको हो।
यो सुरूङमार्ग एक महिनाअघि उद्घाटन गरिएको थियो। त्यो बेलादेखि आपतकालीन सवारीलाई मात्र सुरूङ प्रयोग गर्न दिइएको थियो।
सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको छ ।
परीक्षणस्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरूङ मार्ग प्रवेश खोलिएको हो। यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरूङ खुला गर्ने तयारी छ।
प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ।


