काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाहरूलाई एक अर्ब चुक्तापुँजी अनिर्वाय गर्ने प्रस्ताव अघि सारेको छ ।
बोर्डले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गर्दै ऋणपत्रमा कडाइ गर्न खोजेको हो । जसमा ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाको मापदण्डमा न्यूनतम पुँजी १ अर्ब तोकिएको छ ।
योसँगै, कर्जा भुक्तानीमा पछिल्लो एक वर्षदेखि निरन्तरता हुनुपर्ने, विगतका ऋणपत्रसम्बन्धी सर्त तथा दायित्वको परिपालना गरेको हुनुपर्नेलगायत व्यवस्था छ ।
त्यस्तै, लेखापरीक्षण सम्पन्न गरेको, लेखापरीक्षित वित्तीय विवरण स्वीकृत भएको, क्रेडिट रेटिङ गरेको, अनुमति प्राप्त ऋणपत्र ट्रष्टीसँग सम्झौता गरेको तथा नियामकीय स्वीकृति प्राप्त गरेको हुनुपर्नेजस्ता व्यवस्थाहरू भने यथावत् राखिएको छ ।


