• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

अलकत्रा नपाएपछि चितवनको कालिका नगरपालिकाकामा रोकियो सडक कालोपत्रे


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • चितवन । चितवनको कालिका नगरपालिकामा चालु आर्थिक वर्षमा २९ वटा आयोजना ठेक्का सम्झौता भएको थियो । २९ मध्ये आर्थिक वर्ष अर्थात् २०८२/०८३ सालभित्र सम्पन्न हुनेगरि २५ वटा आयोजनाको ठेक्का भएको थियो ।

    Advertisement

    तीमध्ये सडक निर्माणको काम ९ वटा रहेका थिए । असार मसान्तसम्म सकिनुपर्ने गरि सम्झौता गरिएको ९ वटै सडक निर्माण आयोजनाको काम रोकिएको कारण यो वर्षको सम्झौता अनुसार निर्माण सम्पन्न नहुने भएको छ ।

    कालिका नगरपालिकाका अनुसार सडक कालोपत्रे निर्माणको लागि ठेक्का पाएका ठेकेदारहरुले लामो समयदेखि बिटुमिन नपाएपछि सडकको बेश निर्माण कार्य सकेपछि काम रोकिएर बसेका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाइका अनुसार सडकको बेस सम्पन्न गर्ने काम सकिएपछि ५० देखि ५५ प्रतिशत काम सम्पन्न हुन्छ । त्यसपछि सडकको अन्तिम कालोपत्रे गर्नेसम्मको काम गर्दा आधा काम बाँकी हुन्छ ।

    तर, ठेकेदारले सडक कालोपत्रे गर्नको लागि चाहिने बिटुमिन अर्थात् अलकत्रा नै किन्न पाएको छैन । चौलागाइ भन्छन्, ‘हामीसँग आएर पैसा हामी दिन्छौँ बिटुमिन किनिदिनुस् भन्नुहुन्छ, बजारमा बिटुमिन पाइँदैन त्यसैले हाम्रो पालिकाको सडक निर्माणको काम पुरा हुन सकेको छैन ।’

    उनका अनुसार कालिका नगरपालिकाको वडा नम्बर ८ मा पर्ने चपागौडीदेखि बुङखोला हुँदै सेरबासस सडक स्तरोन्नती, खोलेसिमल कमलचोक क्लबचोक जुटपानीबजार हुँदै शक्तिखोर सडक स्तरोन्नती, कालिका ८ र ९ का दुई वटा एकीकृत सडक ठेक्का कालिका २ को एकीकृत ठेकक, कालिका ३ को ४ वटा योजना एकीकृत ठेक्का लगायतका सडक निर्माण, मर्मत तथा स्तरोन्नती रोकिएका हुन् ।

    बिटुमिन कालो, बाक्लो र टाँसिने तरल पदार्थ हो । बोलीचालीको भाषामा बिटुमिनलाई अलकत्रा भनिन्छ । पेट्रोलियम पदार्थको प्रशोधनका क्रममा बिटुमिन निकालिन्छ । यो सडक पिचको लागि प्रयोग हुने गर्दछ । इरान अमेरिका युद्धको कारण अहिले नेपाली बजारमा बिटुमिनको अभाव छ । सडक निर्माणका लागि यो पदार्थ नभइ हुँदैन । बिटुमिनसँग गिटी र बालुवा मिलाएर सडक पिचको काम गर्नुपर्ने भएपनि अलकत्रा नपाएपछि अहिले यहाँको सडक निर्माणमा बाधा परेको हो ।

    कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी अमेरिका इरानाको युद्धका कारण नेपाली बजारमा बिटुमिन नै नपाउँदा काम रोकिएको बताउँछन् । उनले केही ठेकेदारलाई काम सम्पन्न नगरेका कारण नगरपालिकाले कारबाही गरेर जरिवाना समेत लिएको बताउँदै भने, बजारमा अलकत्रा नै नपाइएपछि हामीले पनि केही गर्न सक्ने अवस्था आएन ।

    • कालिका नगरपालिका
    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ
    चीनले जोड्यो केरुङ नाकामा सडकपछि बिजुली
    माथिल्लो त्रिशूली ३‘ए’ उद्धार अपडेटस् एक शव फेला
    त्रिशूली–३ ए को सुरुङमा पस्यो प्राधिकरणका कर्मचारी र सेनाको टोली
    बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.