फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन ।
७९औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एकएक अंक बाँडे ।
अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन् । उक्त खेल बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

