• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वैधानिक नेतृत्वविरुद्ध पछिल्लो समय भइरहेका भ्रमपूर्ण प्रचार, अफवाह तथा संस्थागत अस्थिरता सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    संघकी कार्यवाहक अध्यक्ष तारा रेग्मीद्वारा जारी विज्ञप्तिमा केही स्वार्थ प्रेरित समूहले सामाजिक सञ्जाल र अनधिकृत अभिव्यक्तिमार्फत व्यवसायीहरूलाई भ्रमित पार्ने, संघभित्र कृत्रिम विवाद सिर्जना गर्ने तथा वैधानिक नेतृत्वमाथि अनावश्यक प्रश्न उठाउने प्रयास गरिरहेको आरोप लगाइएको छ ।

    महिला व्यवसायी संघले यस्ता गतिविधि कुनै व्यक्ति वा नेतृत्वविरुद्ध मात्र नभई सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी समुदाय, संस्थागत प्रणाली तथा व्यावसायिक एकतामाथिको सुनियोजित प्रहार भएको ठहर गरेको छ ।

    विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न पक्षबाट प्राप्त निवेदन तथा उजुरीमाथि अध्ययन गरी जारी गरेको निर्देशनलाई समेत केही पक्षले तोडमोड गरी गलत अर्थ लगाउँदै भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गरिएको छ । तर प्रशासनको पत्रले वर्तमान कार्यसमिति तथा अध्यक्ष भुवन सिंह गुरुङकै नेतृत्वलाई विधान, प्रचलित कानुन र संस्थागत प्रक्रियाअनुसार संघ सञ्चालन गर्न स्पष्ट निर्देशन दिएको दाबी गरिएको छ ।

    महिला व्यवसायी संघका अनुसार प्रशासनको उक्त पत्रमा कतै पनि वर्तमान नेतृत्वलाई अवैधानिक भनिएको छैन, न त कुनै अन्य समूहलाई संघको आधिकारिकता प्रदान गरिएको छ । बरु संघलाई विधिसम्मत, मर्यादित र संस्थागत प्रक्रियाअनुरूप सञ्चालन गर्न वर्तमान नेतृत्वलाई जिम्मेवारीसहित अगाडि बढ्न निर्देशन गरिएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वैधानिक नेतृत्व व्यवसायीहरूको अत्यधिक मतबाट निर्वाचित अध्यक्ष भुवन सिंह गुरुङकै नेतृत्वमा रहेको वर्तमान कार्यसमितिमा निहित रहेको स्पष्ट पारिएको छ ।

    साथै व्यवसायीहरूको हकहित संरक्षण, क्षेत्रका समस्याको समाधान तथा संस्थागत सुदृढीकरणका लागि वर्तमान नेतृत्वले गरिरहेका प्रयासप्रति नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको पूर्ण ऐक्यबद्धता र समर्थन रहेको जनाइएको छ ।

    संघले वैदेशिक रोजगार क्षेत्र अहिले नीतिगत जटिलता, प्रशासनिक दबाब, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, आर्थिक चुनौती तथा श्रम बजारमा देखिएका नयाँ परिस्थितिसँग जुधिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा व्यवसायीलाई एकताबद्ध बनाउनुको सट्टा संस्था कमजोर पार्ने, भ्रम फैलाउने र विभाजनको वातावरण सिर्जना गर्ने गतिविधि सम्पूर्ण व्यवसायी समुदायको हित विपरीत रहेको जनाएको छ ।

    विज्ञप्तिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग वैदेशिक रोजगार क्षेत्रका ज्वलन्त समस्या समाधान, व्यवसायमैत्री नीतिगत सुधार तथा व्यवसायीको साझा हितका विषयमा महत्त्वपूर्ण संवाद भइरहेका बेला वातावरण बिथोल्ने र संस्थागत एकतालाई कमजोर बनाउने प्रयास दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

    महिला व्यवसायी संघले सम्पूर्ण व्यवसायीलाई सामाजिक सञ्जालमा फैलाइएका अफवाह, भ्रामक सूचना तथा स्वार्थ प्रेरित प्रचारप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक निकायबाट जारी भएका निर्णय, वैधानिक प्रक्रिया तथा संस्थागत मर्यादालाई आधार मानेर मात्रै धारणा निर्माण गर्न अनुरोध गरेको छ ।

    साथै संघले वैधानिक नेतृत्वविरुद्ध निरन्तर भ्रम फैलाउने, संस्थागत गरिमा कमजोर बनाउने तथा व्यवसायीबिच विभाजन सिर्जना गर्ने गतिविधिलाई नजिकबाट नियालिरहेको जनाउँदै आवश्यक परे कानुनी, संस्थागत तथा नैतिक सबै माध्यमबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिएको छ ।

    “नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कुनै व्यक्ति, गुट वा सीमित स्वार्थ समूहको सम्पत्ति होइन, यो हजारौँ व्यवसायीहरूको संघर्ष, योगदान, विश्वास र आस्थाले निर्माण भएको साझा संस्था हो,” विज्ञप्तिमा उल्लेख छ ।

    महिला व्यवसायी संघले अन्त्यमा अहिलेको आवश्यकता विवाद, आरोप–प्रत्यारोप र भ्रमको राजनीति नभई व्यवसायीको अस्तित्व रक्षा, संस्थागत एकता, व्यावसायिक सम्मान तथा वैदेशिक रोजगार क्षेत्रको भविष्य सुरक्षित गर्ने साझा अभियान भएको उल्लेख गर्दै सम्पूर्ण व्यवसायीलाई अध्यक्ष भुवन सिंह गुरुङ नेतृत्वको वैधानिक कार्यसमितिको पक्षमा उभिएर एकताबद्ध हुन आह्वान गरेको छ ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.