• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

लोकप्रिय समाचार

  • १. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • २. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • ३. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

  • ४. आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

  • ५. ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

  • ६. समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

  • ७. लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

  • ८. मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

  • ९. अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

  • १०. डोल्पामा उद्धार टोलीको सक्रियता, हिमपातमा फसेका ६ भारतीय पर्यटक सुरक्षित

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • काठमाडौं । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः स्पष्ट गरेको छ ।

    Advertisement

    विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ट्रेकिङ अनुमति प्रक्रियालाई झन्झटरहित, छिटो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो ।

    विभागका अनुसार अब विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर मात्र नभई भिसा आवेदन नम्बरको आधारमा समेत पदयात्रा अनुमतिको आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । साथै, एक जना पदयात्रीलाई पनि अनुमति दिने प्रावधान लागू गरिएको छ ।

    ‘पदयात्रामा जाने विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर राख्नुपर्ने प्रणालीलाई पुनरावलोकन गरी भिसा आवेदन नम्बरको आधारमा पनि पदयात्रा अनुमतिको लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । साथै, एक जना पदयात्रीलाई पनि पदयात्रा अनुमति प्रदान गरिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विभागले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेको अवस्थामा पनि पदयात्रा अनुमतिको लागि विभागमा आवेदन आउने क्रम जारी रहेको जनाएको छ ।

    विभागका अनुसार सम्बन्धित ट्रेकिङ एजेन्सी तथा पदयात्रामा जान चाहने पर्यटकहरूको सहजतालाई ध्यानमा राख्दै निषेधित क्षेत्रमा पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई थप सरल, अनुमानयोग्य र छरितो बनाउन विभागले नयाँ व्यवस्था लागू गरेको हो ।

    विभागले संस्थागत सुशासन कायम गर्ने उद्देश्यसहित शनिबार बाहेकका सार्वजनिक बिदाको दिनमा पनि पदयात्रा अनुमति सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

    मिति २०८३ वैशाख २३ गते गरिएको निर्णयअनुसार अब शनिबार बाहेकका सार्वजनिक बिदामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा सेवा उपलब्ध हुनेछ ।

    विभागले पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण कार्य अनलाइन माध्यमबाट हुने भएकाले सेवाग्राही स्वयं कार्यालय उपस्थित हुन नपर्ने स्पष्ट पारेको छ । आवश्यक कागजात वा प्राविधिक समस्या परेमा सहजीकरणका लागि कार्यालय समयभित्र सम्पर्क गर्न सकिने जनाइएको छ ।

    यसैबीच, केही ट्रेकिङ एजेन्सीहरूले अनुमति नलिई विदेशी पर्यटकलाई पदयात्रामा लैजाने, रेस्क्युको बहानामा कर्मचारीमाथि दबाब दिने तथा स्थानीय प्रशासनले पहिचान गरेपछि मात्र अनुमति आवेदन दिने गरेको पाइएको विभागले जनाएको छ । यस्तो कार्यले निर्दोष पर्यटक समेत कारबाहीमा पर्न सक्ने र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने विभागको भनाइ छ ।

    अध्यागमन विभागले सबै ट्रेकिङ एजेन्सीलाई अनुमति लिएर मात्र विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान पुनः आग्रह गर्दै आगामी दिनमा गैरकानुनी गतिविधि गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन
    न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल
    टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष
    नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व
    जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने
    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    Facebook Page

    लोकप्रिय

    • १.
      हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

    • २.
      गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

    • ३.
      पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

    • ४.
      आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

    • ५.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ६.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    भर्खरै

    • १.
      १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

    • २.
      पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

    • ३.
      न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

    • ४.
      टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    • ७.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ८.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.