• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • सिरहा । आर्थिक अभावका कारण उपचार गराउन नसकेर दृष्टि गुमाइरहेका विपन्न नागरिकहरूका लागि सिरहाको लहान नगरपालिकाले निःशुल्क आँखा उपचार महाअभियान सञ्चालन गरेको छ । सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा सञ्चालित यस अभियानले वर्षौँदेखि अन्धकारमा बाँचिरहेका सयौँ नगरवासीको जीवनमा उज्यालो फर्काएको छ ।

    Advertisement

    वैशाख १२ गते लहान नगरपालिका–१७ मा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट मोतियाविन्दु पहिचान भएका ४७ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिव्यक्ति करिब ९ हजार रुपैयाँ लाग्ने शल्यक्रिया र औषधिको सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोरेको छ ।

    निःशुल्क उपचार पाउनेहरूमा सोही वडाका ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदा तथा ७० वर्षीय हिरा चौधरी र उनकी श्रीमती निमानी चौधरी पनि छन् । झन्डै दुई वर्षदेखि दृष्टि कमजोर भएर अरुकै सहारामा बाँचिरहेका उनीहरू निःशुल्क उपचार पाएपछि हर्षित छन् ।

    अस्पतालको शैयामा रहेका बिरामीहरूलाई स्वास्थ्य लाभको कामना गर्न पुगेका नगरप्रमुख महेशप्रसाद चौधरीसमक्ष खुसी साट्दै ७० वर्षीय हिरा चौधरीले भने, ‘सरकारले यसरी घरमै आएर आँखा जचाइदिन्छ र अस्पताल ल्याएर निःशुल्क अप्रेसन गरिदिन्छ भन्ने सोचेकै थिइनँ । अब फेरि संसार देख्न पाउने भएँ, सबै दुःख बिर्सिँदै जानेछु ।’

    कोही पनि अन्धकारमा बस्न नपरोस् नगरप्रमुख

    नगरपालिकाले विगत तीन वर्षदेखि लहानलाई ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नै नगरमा विश्वस्तरीय अस्पताल हुँदाहुँदै नागरिकहरू दृष्टिविहिनको सिकार हुन नपरोस् भनेर यो कदम चालिएको बताए ।

    ‘हाम्रो नगरमै एसियाकै उत्कृष्ट आँखा अस्पताल छ । यति नजिक सुविधा हुँदाहुँदै हाम्रा नागरिक पैसाको अभावमा दृष्टिविहिन भएर बस्नुपर्ने निकै दुःखद कुरा हो,’ उनले भने, ‘कोही पनि नगरवासीले आर्थिक अभावका कारण ज्योति गुमाउन नपरोस् भनेर सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेका हौँ ।’

    नगरप्रमुख चौधरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै नगरका २४ मध्ये १५ वटा वडामा शिविर सम्पन्न भइसकेका छन् । अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा सञ्चालित शिविरहरूमार्फत हालसम्म १७ हजारभन्दा बढी नगरवासीको निःशुल्क आँखा जाँच गरिएको छ ।

    यस क्रममा मोतियाविन्दु पहिचान भएका करिब २ हजार ५०० विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ भने दृष्टिमा समस्या भएका ८ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ ।

    नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गरी वार्षिक रूपमा करिब २५ लाख बिरामीलाई सेवा दिइरहेको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग र नगरपालिकाको अठोटले लहानका सयौँ ज्येष्ठ तथा विपन्न नागरिकलाई नयाँ जीवन दिएको छ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.