काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकार विधिको शासनभन्दा बाहिर गए आफूहरू प्रतिवाद गर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा आफ्नो पार्टीले आवाज उठाउने बताए।
पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा आज सदन अवरोध हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘संसदभित्रको कार्यसूचीमा निर्धारित विषयहरू स्वतः हाउसको विषय प्रवेशपछि नै आउनेछ। तर हामी देशमा संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा आज प्रतिनिधिसभामार्फत हामीले आवाज उठाउनेछौँ र देश विधिको शासन हामी माग्छौँ।’
विधिको शासनभित्र सबै कुरा कानुनसम्मत हुनुपर्ने बताए।

