• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे


  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं – सामान्यतया पक्राउ परेपछि कुनै मुद्दाको अनुसन्धान सक्नलाई प्रहरीले २५ दिनसम्मको समय लिन्छ। तर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभको आरोपमा पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन भने १५ दिनमा नै छुटे। केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि पक्राउ गरेका भट्टचनले शक्ति र सत्ताको आडमा आफूलाई समय अगावै छुटाउन सफल बनेका हुन्।

    Advertisement

    उनी नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा पक्राउ परेका थिए। जो पहुँच र शक्तिका आधारमा नै पक्राउ परेको १५ दिनमा नै छुटेका हुन्। यसअघि पक्राउ परेका हाइप्रोफाइल व्यक्तिहरूले जस्तै उनी पनि पक्राउ परेको केही दिनमा नै बिरामी भई हस्पिटल भर्ना हुने गर्थ्याेँ। त्यस्तै उनी पनि पक्राउ परेको केही दिनमा नै बिरामी भई हस्पिटल भर्ना भए सोही आधारलाई मानेर उनी सीआईको थुनाबाट रिहा भए।

    उनी स्वास्थ्य समस्या देखाउँदै अस्पतालबाटै बयान दिइरहेका थिए । उनीविरुद्ध अनुसन्धान गर्न कात्तिक ११ गते (मंगलबार) पक्राउ परेका भट्टचनलाई शुरुमा ५ दिन, २ दिन, २ दिनहुँदै चौथो पटकमा ५ दिन थप गरिएको थियो । त्यसपछि सीआईबीले म्याद थप गर्न जानु अघि नै उनलाई रिहा गर्न निर्देशन दिएको हो । शुरुवाती चरणमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाउन भनेको थियो ।

    तर, भट्टचनविरुद्धको अनुसन्धान थप गहिराइसम्म जाने र भित्रैसम्म जाने देखिएपछि कार्यालयले नै छाड्न आदेश दिएसँगै सीआईबीले छाडेको हो । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कार्यालय प्रमुख रामहरि शर्मा काफ्लेले बैंकिङ्ग समचारसँगको कुराकानीमा भट्टचन बिरामी भएका कारण उनलाई रिहा गर्न आदेश दिएको बताए । उनले भने, ‘स्वास्थ्य अवस्थाका कारण रिहा गरिएको थियो, उनको स्वास्थ्य अवस्था गम्भिर भएकाले गर्दा हस्पिटलमा नै भर्ना गरिएको थियो ।’

    भट्टचनलाई सरकारी वकिल कार्यालयले छाड्न मनासिव देखेपछि सीआईबीले रिहा गरेको हो। कसुरको अनुसन्धान सम्बन्धी नियमावली २०७५ को नियम दफा १९ मा पक्राउ परेको व्यक्तिको मिसिलसहितको निवेदनमा उल्लेखित आधार र कारण मनासिव देखिएमा सम्बन्धित सरकारी वकीलले मुद्दा हेर्ने अधिकारी समक्ष म्याद थपका लागि अनुसूची ८ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।

    तर त्यसरी पेश भएको मिसिल अध्ययन गर्दा म्याद थप गर्नु पर्ने स्पष्ट आधार र कारण नदेखिएमा सम्बन्धित सरकारी वकीलले संहिताको दफा १५ बमोजिम धरौट वा जमानत लिई वा कुनै व्यक्तिको जिम्मामा छाडन वा तारेखमा राख्नको लागि सम्बन्धित अनुसन्धान अधिकारीलाई लेखी पठाउन सकिने उलेख्ख गरिएको छ। सोही नियमावली अनुसार उनलाई रिहा गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको हो।

    भट्टचन रिहा भएता पनि उनीविरुद्धको अनुसन्धान नरोकिने सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ बताउँछन्। उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने उनले बताए। एमालेका संसद समेत रहेका भट्टचन केपी शर्मा ओलीका प्रिय पात्र हुन्। ‘हाइप्रोफाइल’ व्यक्तित्वकारुपमा रहेका उनीविरुद्ध एक वर्ष अघि नै जाहेरी पर्दा पनि अनुसन्धान अघि बढेको थिएन। तर, पछिल्लो समय सीआईबीले उनीविरुद्धको फाइल खोल्दै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।

    त्यसयता सीआईबीले राष्ट्र बैंकसँगको सहकार्यमा प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा समेत मारेको थियो। त्यसक्रममा सीआईबीले प्रभु बैंक र प्रभु म्यानेजमेन्टका संकास्पद पत्रहरु साथमा लगेको थियो। जसमाथि यतिबेला अनुसन्धान भइरहेको छ। अनुसन्धान भइरहेको विषयमा सरकारी वकिलको कार्यालयले नै छाड्न भनेपछि भट्टचनले फेरी शक्ति प्रदर्शन गरेको बुझ्न सकिन्छ। उनी ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा पक्राउ परेका थिए। bankingsamachar बाट

    शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.